
१प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
२निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
३चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
४निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
५‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
६जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
७नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
८विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
९अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१०स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
११जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१२नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् ।
आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो । “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।”
नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्यावीन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्सर मेसिन चलाउन, ग्रिल र फर्निचरसम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति रु २० हजारका दरले व्यक्तिगत ऋण लिएका उनीहरुले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गरेका छन् ।
स्थानीयस्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गङ्गा रोकाले बताउनुभयो । “कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “यहीँका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।”
टोलटोलमा समूह विस्तार गर्न थालेका उनीहरुले मासु र अण्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैँसीपालन शुरु गर्न लागेका छन् । विदेश र शहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरुलाई समेटेर समूह बनाइएको छ ।
समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गरेका छन् । कोरोनाको जोखिमका कारण विदेश र शहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनुपरेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेकोमा समूहका सदस्य कुमार केसीले उत्साहित भएको बताउनुभयो । “विदेशबाट फर्किएपछि त्यतिकै घरमै बसेको थिएँ”, उहाँले भन्नुभयो, “सामूहिकरूपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइएको छ । हातमा सीप र मनमा जाँगर पलायो भने काम जति पनि पाइँदो रहेछ ।”
मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ तर नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोमा युवाहरुले गुनासो गरेका छन् ।
स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसङ्गति न्यूनीकरणमा सहयोग देखिएको छ । (रासस)
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी