
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
काठमाडाै । चीन र भुटानले सीमा वार्तालाई तीव्रता दिन प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङमार्फत सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
भारतले चीन र भुटानबीच भएको सम्झौताबारे ‘नोट’ गरेको चिसो प्रतिक्रिया दिएको छ। चीनसँग सो सम्झौता गर्नुअघि भुटानले भारतलाई यसबारे कुनै जानकारी दिएको थियो वा थिएन भन्ने चासोका साथ हेरिएको छ।
नयाँदिल्लीमा विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले यसबारे प्रश्न सोधेका थिए। विदेश मन्त्रालयका प्रवक्ताले सो प्रश्नमा सोझो उत्तर नदिएको भारतीय दैनिक पत्रिका द हिन्दुले जनाएको छ।
चीन-भुटान बीच भएको सम्झौताको विस्तृत विवरण अझै गोप्य राखिएको छ। विषयको संवेदनशीलतालाई ध्यानमा राखेर सम्झौता सार्वजनिक नगरिएको प्रतिक्रिया नयाँदिल्लीस्थित भुटानी राजदूतावासले दिएको छ।
चीन र भुटानबीच अझै दौत्य सम्बन्ध स्थापित भएको छैन। दुवै देशमा एकअर्काका राजदूतावास छैनन्। यो सम्झौतामा पनि भुटान र चीनका नयाँदिल्लीस्थित राजदूतावासले समन्वय गरेको जनाइएको छ। सीमा विवाद सल्टिएर दुवै देशमा एकअर्काका राजदूतावास खुल्ने परिस्थिति निर्माण हुनसक्ने चिनियाँ कम्युनिस्ट पार्टी निकट अंग्रेजी दैनिक ग्लोबल टाइम्सले जनाएको छ।
दुई मुलुकबिच भएको यो सीमा वार्तासम्बन्धी सम्झौतालाई चिनियाँ मिडियाले ‘ऐतिहासिक’ भनेर प्रस्तुत गरेका छन् भने भारतीय मिडियामा यो सम्झौतालाई लिएर एक किसिमको संशय देखिन्छ।
यो सम्झौता गर्दा भुटानले नयाँदिल्लीलाई विश्वासमा लिएको थियो वा थिएन भन्ने प्रश्न उठेको छ। त्यस्तै भारतका लागि संवेदनशील मानिएको दोक्लम क्षेत्रबारे दुई मुलुक कुनै गोप्य सहमतिमा त पुगिसकेका छैनन् भन्नेबारे पनि भारतमा चासो र चिन्ता देखिएको छ।
चीन र भुटानबीच दोक्लम क्षेत्रबारे विवाद बढेपछि भारतले सन् २०१७ मा आफ्ना सेना त्यहाँ पठाएको थियो। सो बेला भारतीय सेना सीमा अतिक्रमण गरेर १०० मिटर जति आफ्नो भूमिभित्र छिरेको आरोप चीनले लगाएको थियो। धेरै महिनासम्म दोक्लममा चीन र भारतबीच तनाव कायम रह्यो। अन्तत: भारतीय सेना त्यहाँबाट पछि हटेको थियो। सो बेला भुटानको समहतिमा चिनियाँ ‘अतिक्रमण’ रोक्न आफूले सेना पठाएको दावी नयाँदिल्लीले गर्ने गरेको छ।
चीन र भुटानबीच केही ठाँउमा सीमा विवाद छ। दुई मुलुकबीच सन् १९८४ देखि सीमा वार्ता जारी रहे पनि कुनै प्रगति भएको छैन। पछिल्ला ३७ वर्षमा भुटान र चीनबीच २४ पटक सीमा वार्ता भएको छ भने दसपटक विज्ञ समूहले यसबारे छलफल गरिसकेका छन्।
सन् २०१७ को दोक्लम तनावपछि भने स्थिति झनै बिग्रिएको थियो। दोक्लम घटनापछि भारतले भुटानमाथि दवाब हालेर चीनसँग सीमा वार्ता अघि बढ्न नदिएको आरोप चिनियाँ कम्युनिस्ट पार्टीसँग नजिक रहेका मिडियाहरूले लगाउने गरेका छन्। भारतले भने दोक्लम क्षेत्रको विवाद आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको बताउने गरेको छ। अहिले आएर चीन र भुटानबीच भएको सीमा वार्ता अघि बढाउने सम्झौता यो पृष्ठभूमिमा महत्वपूर्ण छ।
के हो दोक्लम विवाद ? यसमा भारतको संवेदनशीलता किन जोडिएको छ ?
चीनसँग सीमा जोडिएको भुटानको २६९ वर्गकिलोमिटर दोक्लम क्षेत्र लामो समयदेखि विवादित छ। यसलाई भुटान र चीन दुवैले आफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन्। भुटानको पश्चिम-उत्तर सीमामा रहेको दोक्लम चीनको नियन्त्रणमा छ। उक्त क्षेत्रमा सडक निर्माणका लागि चीनले सन् २०१७, जुनमा निर्माण सामग्री र गाडी पठायो। भुटानले तत्काल त्यसको विरोध गर्यो। भुटानी सेनाले चिनियाँ सैनिक र सडक निर्माणका लागि आएका मानिसलाई पछि हट्न भन्यो। चिनियाँ सैनिकले टेरेनन्। त्यसपछि भारतसँगको रक्षा सन्धिमा टेकेर भुटानले भारतीय सहयोग मागेको विश्वास गरिन्छ।
भारतले तुरुन्तै सैनिकलाई उक्त क्षेत्रमा पठायो
दोक्लम क्षेत्र चीन र भुटानको सीमा क्षेत्र त हो नै तर नजिकै भारतीय सीमा पनि छ। दोक्लमभन्दा करिब ३० किलोमिटर तल चुम्बी उपत्यकाको अन्त्यमा चीन, भुटान र भारतको सीमा जोडिन्छ। सिक्किम राज्य अन्तर्गत पर्ने यो उपत्यकामा तीनै देशका सीमा जोडिन्छ।
भारतीय सेनाले सन् २०१७ मा तीन मुलुकको सीमा क्षेत्र नाघेर चिनियाँ भूमिमा प्रवेश गरेको आरोप चीनले लगाएको थियो। भारतीयहरूले चीनको आरोपको प्रत्यक्ष खण्डन त गरेन तर चीनलाई त्यहाँ नरोक्ने हो भने उसले त्रिदेशीय सीमा क्षेत्रलाई झनै दक्षिणतिर धकेल्न प्रयास गरेको आरोप लगाए।
भारतका लागि यो क्षेत्र संवेदनशील हुनुको खास कारण छ। दिल्लीलाई सिक्किमसहित भारतका सात पूर्वीउत्तर प्रान्तहरूमा सडकको बाटो हुँदै पुग्न पश्चिम बंगालको उत्तरतर्फको सानो बाटो मात्र उपलब्ध छ। पूर्वी नेपालको सीमासँग जोडिएको यो साँघुरो बाटो ‘चिकेन नेक’ अर्थात कुखुराको घाँटी उपनामले चिनिन्छ।
भारतले चिकेन नेकलाई रणनीतिक हिसाबले धेरै संवेदनशील मान्छ। सिक्किम, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्रबाट चिनियाँ सेना केही घन्टामै चिकेन नेकमा पुग्न सक्छन्। चीनले चिकन नेकमा भारतलाई रोक्यो भने ‘मेनल्यान्ड’ भारत आफ्ना उत्तरपूर्वका सात राज्य र भुटानसँग स्थलमार्गबाट सम्पर्कविहीन हुनेछ।
सिक्किम र भारतका सात पूर्वीउत्तर राज्यहरू अरुणाञ्चल, आसाम, मेघालाय, मणिपुर, मिजोरम, त्रिपुरा र नागाल्यान्ड भारतका लागि संवेदनशील क्षेत्र पनि मानिन्छन्। सिक्किम भारतमा सन् १९७५ मा गाभिएको देश हो। चिकेन नेकबाट उत्तर पर्ने पंश्चिम बंगालको भूभाग वर्षौंदेखि गोर्खाल्यान्ड आन्दोलनले अस्थिर छ।
आसाम, नागाल्यान्ड लगायत राज्यमा पनि पृथकतावादी र सशस्त्र आन्दोलन हुने गरेका छन्। अरूणाञ्चल प्रदेशमा चीनसँगको सीमा विवाद कायमै छ। चीनले पूरै अरूणाञ्चल प्रदेश आफ्नो भूभाग भएको मान्छ। सन् १९६२ मा भारत र चीनबीच सीमा युद्ध भएको थियो।
यी सबै कारणले दोक्लम क्षेत्रमा चीनले गर्न लागेको सडक र अन्य संरचना निर्माणले भारत सशंकित थियो। दोक्लमको रणनीतिक महत्वका कारण चीनले यसलाई सामरिक क्षेत्रका रूपमा विकास गर्नेछ भन्ने भय भारतलाई छ। भारतले चीन-भुटान सीमा विवादमा आफ्ना सैनिकलाई चीनविरूद्ध उतार्नुको मुख्य कारण यही थियो।
अहिले आएर भुटान र चीनबीच सीमा वार्तालाई तीव्रता दिने सम्झौतामा हस्ताक्षर भएपछि भारत सशंकित छ। अर्कोतिर भुटानमाथि अनावश्यक दवाब हालेर भारतले भुटान-चीन सीमा वार्तालाई विगतमा प्रभावित पार्ने गरेको आरोप ग्लोबल टाइम्सले लगाएको छ।
भुटान र चीनबीच यसपालि यस्तो समयमा सीमा वार्ता बढाउन सम्झौता भएको छ जतिखेर चीन र भारतबीचको सीमा विवाद चर्किएर गएको छ। करिब १७ महिनाअघि ग्वालान सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच मुठभेड हुँदा २० भारतीय सैनिक मारिएको भारतले जनाएको थियो। चीनले आफ्ना सैनिकको हाताहातीबारे सार्वजनिक जानकारी गराएको छैन। सो झडपमा केही चिनियाँ सैनिक पनि मारिएको विश्वास गरिन्छ।
चीन र भारतबीच स्थानीय सैन्य तहमा लामो समयदेखि जारी वार्ता भने पछिल्लो हप्ता कुनै प्रगति बिना लगभग स्थगित हुने अवस्थामा पुगेको छ। दुवै मुलुकका सेना आउने हिउँदको कठिन मौसममा पनि उच्च हिमाली भेगमा आमने-सामने हुनेछन्।
चीनसँग सीमा विवाद बढिरहेका बेला भारत पछिल्ला वर्षहरूमा रणनैतिक रूपमा अमेरिकासँग नजिक हुँदै गएको छ। अमेरिका, भारत, जापन र अस्ट्रेलियाले चीन लक्षित ‘क्वाड’ गठबन्धनलाई कसिलो बनाउँदै लगेका छन्। ‘साउथ चाइना सी’ मा चीनको धेरै मुलुकसँग सीमा विवाद छ।
यो विवादमा ‘क्वाड’ गठबन्धनले अरू मुलुकलाई साथ मात्र दिएको छैन, चीनविरूद्ध उभिने अघोषित नीति नै बनाएको छ। यी सबै कारण भारत-चीन सीमा विवाद निकट भविष्यमा सल्टिने सम्भावना देखिन्न। यो पृष्ठभूमिमा चीनले भुटानसँग गरेका सीमा वार्ताको सम्झौताले भारतलाई सशंकित बनाएको हो।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ