
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २८ चैत । नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ सल्यानस्थित तमु समाजको भवनमा आयोजित उक्त शिविरमा ५ सय ५० जना स्थानीय नागरिकले विभिन्न स्वास्थ्य जाँच गराएका छन् । नेपाली सेनाको श्री कृष्ण दल गण, फुलबारी ब्यारेक पोखराको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा स्त्री तथा प्रसूति रोग, वरिष्ठ फिजिसियन, छाला तथा यौन रोग, नाक कान घाँटी, पेट छाती तथा मुटु रोग, दन्त रोग, आँखा रोग र प्रयोगशाला परीक्षणसहितका सेवा उपलब्ध गराइएको थियो । साथै, सबै सेवाग्राहीको रक्तचाप र रक्तशर्करा परीक्षण पनि निःशुल्क गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, सैनिक अस्पताल पोखरा, एक्स सर्भिसम्यान आविष्कार अस्पताल पोखरा, हिमालयन आँखा अस्पताल पोखरा, कुटी रिसोर्ट लगायतका विभिन्न संस्थाहरूको सहयोग रहेको थियो ।
शिविरमा डा. कान्ती प्रभा गिरी, डा. सुदर्शन सुवेदी, डा. रमेश शर्मा, डा. संजय कोइराला, डा. नर्मन लामिछाने, डा. कृष्ण बोगटी, डा. राम अधिकारी, डा. किशोर भण्डारी, डा. कृष्ण सिग्देल, डा. सन्दीपा काफ्ले, डा. संचित ढकाल, डा. शर्मिला शाही, दिपेश मल्ल लगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए ।
उक्त अवसरमा सहयोगी संघसंस्था तथा व्यक्तित्वहरूलाई नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी अमृत काजी गुरुङले प्रशंसा पत्र प्रदान गरेका थिए ।
नेपाली सेनाले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्ता शिविर सञ्चालन गर्दै आएको छ । यो शिविरले अन्नपूर्ण क्षेत्रका स्थानीयवासीमा स्वास्थ्य जागरण बढाउने र तत्कालीन स्वास्थ्य समस्या सम्बोधन गर्न सहयोग पुर्याएको छ ।
