
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट हुन्छ। प्रहरीको फरेन्सिक ल्याबमा हस्ताक्षर, मसी, अक्षर र मिति जाँच हुँदा वैज्ञानिक रूपमा कसले ठगी र किर्ते गरेको हो पत्ता लाग्छ र अपराधमा संलग्न कोही पनि जोगिन सक्दैनन्।’
पोखरा, ३० चैत । जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र माना चामलसम्बन्धी मुद्दा चलिरहेको अवस्थामा डेढ वर्षपछि श्रीमानले नै श्रीमतीको बैंकको चेकबुक चोरी गरी किर्ते हस्ताक्षर गर्दै विभिन्न व्यक्तिलाई चेक बाँडेर श्रीमतीलाई फसाउने उद्देश्यले विभिन्न प्रपञ्चहरु गर्दै आईरहेको रहस्य खुलेको छ ।
पोखरा महानगरपालिका वडा नं. ७ शान्तिनगरचोककी कञ्चन सेडाईले आफ्ना श्रीमान् अनुप घर्ती जिसीले घरबाट चेकबुक चोरी गरी किर्ते हस्ताक्षरसहित विभिन्न व्यक्तिलाई चेक बाँडिरहेको सप्रमाण भेटेको दावी गरेकी छिन् । उनले चोरिएका चेकहरू तत्काल फिर्ता नगरे कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएकी छन् ।
कञ्चन सेडाईका अनुसार, २०८२ मंसिर १६ गते घरमा आफू नभएको मौका पारेर अनुप घर्ती जिसी शान्तिनगरचोकस्थित घरमा प्रवेश गरी दराजमा राखिएका प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र नबिल बैंकका तीनवटा चेकबुकहरू, सुनका गहना तथा नगद रकम चोरेर लगेका थिए।
चेकमा आफैंले रकम भर्ने, हस्ताक्षर गर्ने र विभिन्न मितिको बनाएर फरक–फरक व्यक्तिको नाममा काटिएका ती चेकहरु अदालतबाट लेनदेनको नाममा मुद्दा दर्ता गराएर कञ्चनलाई फसाउने योजना अनुसार नैं मिटरब्याजी र अवैध ढुकुटी लगायतका कारोबारमा संलग्न अनुपले चेक चोरी गरेका हुन् ।
त्यसैले यस्ता ठग र अपराधीहरू अदालतमा मुद्दा दर्ता गर्दा बर्ष र महिना मात्र खुलाउने गर्छन् । गते, बार वा समय भने कहिल्यै खुलाउँदैनन् ।
यस्तो अवस्थामा अदालतमा चोरिएका चेक लिएर लेनदेन दावी गर्न आउनेहरुका विरुद्धमा सबैभन्दा पहिला त्यो चेक प्रयोगशालामा परिक्षणका लागि पठाउने हो भने सबै रहस्य खुल्नेछ । प्रयोगशालाको परीक्षण (फरेन्सिक/इंक/पेपर परीक्षण) बाट चेक चोरिएको मंसिर महिनामा नैं यी सबै चेकहरु काटिएका हुन् भन्ने पुष्टि हुन सक्छ।
यस घटनामा ठगी गर्नेहरुले जति पनि ‘हाम्रो कारोबार थियो’ भनेर दावी गर्नेछन्, उनीहरु मंसिर महिनाको चेक चोरी भएपछि मात्र उनीहरु बैंकमा पुगेको देखिनेछ । त्यसभन्दा अघि राखिएको कुनै पनि मितिमा उनीहरु एक पटक पनि बैंकको पुष्टि गर्न सक्ने छैनन् । त्यस्तै, मंसिर महिना अघि मिति राखिएको भए पैसा दिएन भनेर प्रहरी वा सम्बन्धित निकायमा यस्ता व्यक्तिहरुले कहिल्यै उजुरी गरे कि गरेनन् ? यसबाट पनि धेरै तथ्य बुझ्न सकिन्छ ।
यो बिचमा चेक साटिएन भनेर वा पैसा चाहियो भनेर ती व्यक्तिले कतिपटक फोन सम्पर्क वा म्यासेज गरे, कति पटक कुरा भयो वा भएन ? यसले पनि किर्ते कारोबारको यर्थाथता बाहिर ल्याउन मद्दत गर्दछ । यो ठगीमा संलग्नहरुले चेक बल्ल मंसिर महिनामा मात्र पाएको तथ्यले उनीहरुको ‘अघिको कारोबार’को दावीलाई झुटो साबित गर्नेछ ।
जसजसले लाखौं रुपैयाँ नगदैं हामीले दिएका हौं भनेर दावी गर्न आउँलान्, उनीहरुले भनेको दिनको बैकिङ कारोबार, त्यो दिइएको भनिएको पैसाको श्रोत, कञ्चनका श्रीमान् अनुप र लेनदेनको मुद्दा दर्ता गर्ने बिच मंसिर यताबाटको कल डिटेल हेर्ने हो भने पनि सबै तथ्य छर्लङ्ग हुने निश्चित छ ।
‘चोरिएका चेकहरू लिएर ठगी गर्न खोज्ने व्यक्तिले न त सोझै बैंकमा गएर चेक साट्न सक्छ, न त पैसा नदिएको भन्दै प्रहरीमा उजुरी गर्न सक्छ,’ एकजना कानुन व्यवसायीले भने, ‘यदि प्रहरीमा उजुरी गरेमा ठगीको विषय भण्डाफोर हुने र कारोबारको मिति, ठाउँ तथा रकमको स्रोतबारे अनुसन्धान हुन्छ। त्यसैले यस्ता व्यक्तिहरू अदालतलाई दुमराहमा पारेर मुद्दा अघि बढाउने प्रयास गर्छन्। तर प्रहरीले वरपरका सिसीटीभी फुटेज हेर्ने, लेनदेनको प्रमाण खोज्ने प्रक्रियाले यस्ता ठगीका मुद्दा छिट्टै उजागर हुन्छन्।’
त्यसैले यस्ता ठग र अपराधीहरू अदालतमा मुद्दा दर्ता गर्दा बर्ष र महिना मात्र खुलाउने गर्छन् । गते, बार वा समय भने कहिल्यै खुलाउँदैनन् । किनभने यति गते यति बजे भन्नेबित्तिकै सो समयमा चेक लिने र रकम दिने व्यक्तिहरु त्यहाँ थिए कि थिएनन् भन्ने तथ्य सजिलै पुष्टि हुन सक्छ ।
न्यायाधीशहरूले यस्ता मुद्दा पहिलो नजरमै किर्ते र ठगी भएको बुझ्न कुनै समस्या हुँदैन । यसबाट चेक चोरी गरी गरिने कारोबारको एउटा महत्वपूर्ण पक्ष स्वतः उजागर हुन्छ ।

घरबाट चेक चोरी भएको थाहा पाएपछि कञ्चन सेढाईले ‘आदर्श समाज राष्ट्रिय दैनिक’मा समेत यसरी ‘सूचना’ प्रकाशित गरेकी थिईन् ।
घटना बाहिर आउनुको मुख्य कारण एक दिदीबाट फोनमार्फत प्राप्त सूचना रहेको उनले बताइन् । ‘तिम्रो बुढाले तिम्रो नामको चेक विभिन्न मान्छेलाई दिएर किर्ते हस्ताक्षर गर्दै रकम भराउँदैछन्, सचेत रहनु’ भन्ने सूचना पाएपछि उनी तत्काल जिल्ला प्रहरी कार्यालय कास्की र तीनवटै बैंकमा पुगेर खाता रोक्का गराउनुका साथै चोरीको जाहेरी दिएकी थिइन् ।
पछिल्लो समय अनुप घर्ती जिसी र एक चेक लिने व्यक्तिबीचको गोप्य अडियो रेकर्ड समेत बाहिर आएको छ। उक्त अडियोमा अनुप घर्तीले चेक लिएका व्यक्तिलाई प्रहरी वा अदालतमा के भन्ने, के नभन्ने विषयमा निर्देशन दिइरहेको सुनिन्छ। चेक चोर्ने र चेकमा भरिएको रकम दावी गर्ने बिचको अडियो रेकर्ड डन न्यूजसँग सुरक्षित छ ।
अडियोमा अनुप घर्तीले किर्ते गरेर चेक दिएका व्यक्तिसँग ‘तपाईं कहाँ हुनुहुन्छ ? घरमैं हो, बुझ्नु भयो नि कुरा, सबै कुरा बुझ्नु भयो, त्यही अनुसार गर्नु” भन्दै प्रहरी वा अदालतमा के भन्ने भनेर निर्देशन दिइरहेको देखिन्छ। उता चेक लिएका व्यक्तिले “ठगीमा मुद्दा चलाउँछु भनेका छन् प्रहरीले, के गर्ने, म त फसे नि ?’ भनेका छन्।

अनुप घर्तीले केही दिन अघिमात्र आफ्नै घरमा भाडामा बसेकी युवतीमाथि यौनहिंसा र अभद्र व्यवहार गरेपछि प्रहरी थुनामा दुई साता भन्दा बढि बसी धरौंटीमा रिहा भएका थिए भने सुनार चोरीको सुनका गहना किनबेचको अभियोगमा जेल सजाय भोगेर फर्किएका अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्।
अनुप घर्ती जिसी पटक–पटक अभद्र व्यवहारमा प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन् भने राजु सुनार (पोखरा–९ स्थायी घर भई हाल पोखरा–३ बस्ने) चोरीका गरगहना किनेको अभियोगमा पटक–पटक पक्राउ परी जेल सजाय भोगिसकेका व्यक्ति हुन् । अनुप घर्ती जिसी २०८२ माघ ३ गते बिहान ८:४५ बजे घरभाडामा बस्ने १७ वर्षीय परियार थरकी युवतीमाथि यौनजन्य हिंसा गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा केही महिना अघि मात्र धरौटीमा रिहा भएका थिए ।
कञ्चन सेडाईले ‘आदर्श समाज’ राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी चेक लिएकाहरूलाई तत्काल फिर्ता गर्न अनुरोध गरेकी थिइन् । तर पनि चेक बाँडिने क्रम जारी रहेको उनको भनाइ छ।
‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट हुन्छ। प्रहरीको फरेन्सिक ल्याबमा हस्ताक्षर, मसी, अक्षर र मिति जाँच हुँदा वैज्ञानिक रूपमा कसले ठगी र किर्ते गरेको हो पत्ता लाग्छ र अपराधमा संलग्न कोही पनि जोगिन सक्दैनन्।’

अनुप घर्ती जिसीको भने सपरिवार नैं मिटरब्याज, ढुकुटी र अवैध सुनका गरगहना राखी चर्को मिटरब्याजमा कारोबार गर्ने धन्दामा संलग्न छन् । (तस्विरमा मिठुकुमारी घर्ति जिसी, झपटबहादुर घर्ति जिसी र अनुप घर्ति जिसी) । फाईल तस्विर
जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको छ। किर्ते हस्ताक्षर गरी चोरिएको चेक लिएका राजु सुनारलाई प्रहरीले सोधपुछ र छानबिन गरिरहेको छ। अनुप घर्ती जिसीको भने सपरिवार नैं मिटरब्याज, ढुकुटी र अवैध सुनका गरगहना राखी चर्को मिटरब्याजमा कारोबार गर्ने धन्दामा संलग्न छन् ।
सुनारले केही वर्षअघि पोखरा–५, पस्र्याङमा सुन पसल चलाएपनि चोरीका सुन किन्ने, अवैध कारोबार गर्ने र सुन राखेर मिटरब्याजमा कारोबार गर्ने गिरोहसँग संलग्न भएपछि उनको व्यवसाय पनि बन्द भईसकेको छ । पोखरा–७, मासबारमा माधवप्रसाद बरालको घरमा डेरा गरी बस्ने शंकर श्रेष्ठको कोठाबाट चोरी भएका सुनका गरगहना यिनै सुनारले किनबेच गर्दा जेल सजाय भोगेका थिए । यो विषयमा थप जानकारी लिन सम्पर्क गर्न खोज्दा घर्ती र सुनार दुबैसँग सम्पर्क हुन सकेन ।
लागूऔषध तथा रक्सी अत्याधिक सेवन गरेर पटक–पटक हिंसा र ज्यान मार्ने कोसिस गरिरहेको यो परिवारले पछिल्लो समय जिल्ला अदालत कास्कीमा चलेको अंश मुद्दालाई समेत असफल तुल्याउन विभिन्न व्यक्तिका नाममा किर्ते गर्दै चेक बाँड्ने काम गरिरहेका छन् । भर्खरैं मात्र पोखराको सभागृहचोकमा घटेको घटनालाई हेर्दै यसतर्फ समय छँदैं प्रहरी प्रशासनले सही कदम नचाल्ने हो भने यस्तैं विवाद र घटनाहरुबाट अनाहकमा निर्दोष व्यक्तिले आफ्नो प्राण गुमाउनु पर्ने अवस्था नआउँला भन्न सकिन्न ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार