
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, १३ चैत । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका विभिन्न आठवटा स्पा तथा ब्युटी पार्लरहरूमा एकैंदिन छापामारी प्रहरीले सञ्चालक र कामदारसहित कुल १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले लेकसाइडमा लुकेर रहेको बालशोषण, अवैध यौन व्यापार र अनैतिक गतिविधिको जालोलाई उजागर गरिदिएको छ ।
स्पाको नाममा ढोका बन्द गरी अवैध रूपमा सञ्चालन गरिएका यी व्यवसायहरूमा नाबालिक बालिकाहरूलाई समेत काममा लगाएर शोषण गरिएको फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिएका छन् ।
वडा प्रहरी कार्यालय बैदामको कमाण्ड सम्हालेदेखि नैं डीएसपी भट्टराईले रात्रिकालिन व्यवसायमा हुने विकृति र विसंगतिका घटनामा पनि नियन्त्रण ल्याएका छन् । खुलेआम बाउन्सर लगाएर ग्राहक कुट्ने र विदेशी पाहुनाले समेत वेटर महिलाहरुलाई कुट्ने यस्ता घटनामा प्रहरीले दुबैजनालाई पक्राउ गर्दै मुद्दा चलाएर कारवाही गर्दै आईरहेको छ ।
पक्राउ पर्नेमा परपल स्पाका सञ्चालक सुरेश बि.क. (४२ वर्ष, स्याङजा फेदीखोला गाउँपालिका–४) र उनका कामदारहरू संगिता बि.क. (३२ वर्ष, पोखरा–२४) तथा निता गुरुङ (३६ वर्ष, तनहुँ व्यास–२) रहेका छन्। उनीहरूमाथि स्पामा ढोका बन्द गरी सञ्चालन गरेको आरोप छ।
यसैगरी ओम स्पाका सञ्चालक जिवन श्रेष्ठ (२७ वर्ष, गोरखा गण्डकी गाउँपालिका–८) र कामदार कल्पना गुरुङ (२३ वर्ष, रुकुम पूर्व पुथाउत्तर गंगा गाउँपालिका–१) लाई पनि ढोका बन्द गरी अवैध सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको छ।
क्यामेलिया स्पाकी सञ्चालक अप्रिना खातुन (३० वर्ष, रुपन्देही मर्चवारी गाउँपालिका–७) लाई स्पामा बाहिरबाट ढोका बन्द गर्न मिल्ने व्यवस्था गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।
सनराईज ब्युटी पार्लर एण्ड स्पाकी सञ्चालक सर्मिला परियार (२३ वर्ष, चितवन भरतपुर महानगरपालिका गीतानगर)लाई कम उमेरका नाबालिकालाई काममा राखेको आरोप छ। उक्त स्पाबाट कामदारको रूपमा १८ वर्षकी मनिका नेपाली (तनहुँ भीमाद नगरपालिका–७) र १८ वर्षकी पुनम कुमाल (तनहुँ शुक्लागण्डकी नगरपालिका–५) लाई पनि नाबालिका भएर काम गरेको भन्दै पक्राउ गरिएको छ।
माउन्टेन ब्युटी पार्लर एण्ड स्पाका सञ्चालक होम बहादुर बुढाथोकी (४७ वर्ष, उदयपुर चौदण्डिगढी नगरपालिका–१०) लाई भित्रबाट चुकुल लगाउन मिल्ने गरी नाबालिकालाई काममा लगाएको आरोपमा पक्राउ गरिएको छ। उक्त स्पाबाट १७ वर्षकी उजेली (नाम परिवर्तन) (म्याग्दी बेनी नगरपालिका–९)लाई पनि नाबालिका कामदारको रूपमा पक्राउ गरिएको छ।
सेन्टर प्वाइन्ट स्पाका सञ्चालक राजु थापा मगर (४४ वर्ष, मकवानपुर इन्द्रसरोवर गाउँपालिका–२) लाई स्पामा बाहिरबाट ढोका बन्द गर्न मिल्ने व्यवस्था गरेको आरोप छ।
एएस स्पा एण्ड ब्युटी पार्लरकी सञ्चालक अनु परियार (३० वर्ष, तनहुँ शुक्लागण्डकी नगरपालिका–१) लाई ‘ह्यापी एन्डिङ’ सेवा दिन ढोकामा चुकुल लगाउन मिल्ने व्यवस्था गरेको गम्भीर आरोप लागेको छ।
प्याराडाईज स्पाकी सञ्चालक जेनिसा श्रेष्ठ सुनार (३४ वर्ष, कास्की पोखरा महानगरपालिका–११) लाई नाबालिकालाई काममा लगाएको आरोप छ। उक्त स्पाबाट १७ वर्षकी सुबिना (नाम परिवर्तन) र १७ वर्षकी साबरी (नाम परिवर्तन) (दुवै बाग्लुङ जैमिनी नगरपालिका–७) लाई नाबालिका कामदारको रूपमा पक्राउ गरिएको छ।
प्रहरी स्रोतका अनुसार केही स्पाहरूमा यौन सेवासम्मको प्रबन्ध मिलाइएको थियो भने धेरै ठाउँमा नाबालिकहरूलाई काममा राखेर शोषण गरिएको थियो। स्वदेशी तथा विदेशी पर्यटकहरूको मुख्य गन्तव्य रहेको यो क्षेत्र यस्ता गतिविधिबाट जोखिमपूर्ण बन्दै गएको भन्दैं प्रहरीले निगरानी बढाएको हो ।
प्रहरीले पक्राउ परेकाहरूमाथि बालबालिका सम्बन्धी ऐन, मानव बेचबिखन नियन्त्रण ऐन तथा अन्य सम्बन्धित कानुनअन्तर्गत थप अनुसन्धान तथा कारबाही अघि बढाइएको डीएसपी भट्टराईले जानकारी दिए । प्रहरीले पर्यटन व्यवसायीहरूलाई समेत स्पष्ट चेतावनी दिएको छ कि स्पा तथा ब्युटी पार्लरको नाममा अनैतिक र अवैध गतिविधि सञ्चालन गर्ने कसैलाई पनि उन्मुक्ति दिइने छैन ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी