
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौं, १० चैत । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा मुछिएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतमा भएको थुनछेक बहसपछि इजलासले अधिकारीलाई थुनामै राखेर पुर्पक्ष गर्नु नपर्ने तर साधारण तारिखमा पनि छाड्न नमिल्ने ठहर गरेको छ।
मिसिल संलग्न प्रमाणहरू, बैंक स्टेटमेन्ट, कल डिटेल्स र अन्य प्रतिवादीहरूको बयानलाई आधार मान्दै अदालतले उनलाई २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत १ गते विशेष अदालतमा दायर गरेको मुद्दामा अधिकारीमाथि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस लिएको आरोप छ । उनी महानिर्देशक बनेको एक महिनामै यो घटना भएको अख्तियारको दाबी छ ।

भ्रष्टाचारमा लिप्त भएपछि निलम्बनमा परेका सहसचिव झलकराम अधिकारी
साउन २०७९ मा एचके इन्टरप्राइजेज नामक कम्पनीविरुद्ध राजस्व चुहावटको उजुरी परेपछि कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले मुद्दाबाट जोगिन अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएको अख्तियारको अनुसन्धानले देखाएको छ । यो रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतका व्यक्तिहरूको सल्लाहमा उनीहरूका खातामा राखिएको थियो ।
त्यसपछि उक्त रकमबाट भक्तपुरको दिव्यश्वरी आयोजनाभित्र ५ आना जग्गा खरिद गरिएको र देवेन्द्र केसी सञ्चालक रहेको पोखरा–६, लेकसाईडको द कुटी रिसोर्टको ऋण तिर्न पनि प्रयोग भएको अख्तियारले दाबी गरेको छ ।
झलकराम अधिकारी शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला देउवा परिवारसँगको विशेष सम्पर्क सूत्रमार्फत २०७९ असार १ देखि कात्तिक १६ सम्म साढे पाँच महिनामात्र महानिर्देशक बनेका थिए । मुद्दा दायर भएसँगै उनी निलम्बनमा छन् । अख्तियारले अधिकारीमाथि भ्रष्टाचार मुद्दासँगै गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोप पनि लगाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो