
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ७ वैशाख । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले चैत्र महिनाको ‘उत्कृष्ट प्रहरी’को सम्मान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीलाई प्रदान गरेको छ।
कार्कीले २०८२ चैत्र २४ गते पोखरा महानगरपालिका वडा नं. ६ स्थित सभागृह चोक नजिक ४२ वर्षीया सजुना पौडेल केसीको धारिलो हतियार खुँडा प्रहार गरी हत्या गरेर फरार भएका अभियुक्तहरूलाई घटनाको २८ घण्टाभित्रै पक्राउ गरी कानुनी कारबाहीमा पेश गर्न सफल नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनलाई यो सम्मान गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुखले जारी गरेको प्रेस विज्ञप्तिमा कार्कीको ‘ईमान्दार, बफादार र कर्तव्यनिष्ठ’ कार्यशैलीको प्रशंसा गर्दै उक्त घटनामा तत्काल अनुसन्धान गरी अपराधीलाई नियन्त्रणमा लिन सफल भएको उल्लेख छ।
एसपी कार्कीले विगतमा पनि कास्की जिल्लामा अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् ।

सिर्जना हत्या-काण्डमा संलग्नहरु पक्राउ परेपछि पत्रकार सम्मेलन गरी जानकारी दिदैं कास्की प्रहरी प्रमुख एसपी नवीन कार्की ।
२०७५ सालमा बैदाम वडा प्रहरी कार्यालयको प्रमुख (डीएसपी)को जिम्मेवारी सम्हाल्दा उनले पोखराको पुम्दीभुम्दी क्षेत्रमा १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या गरेको घटनामा छिटो अनुसन्धान गरी छिमेकी कुसुम पौडेलसहित ६ जनालाई पक्राउ गर्न सफल भएका थिए।
घटनाको भोलिपल्ट नै बालिकाको अर्धनग्न शव बरामद भएको थियो। डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोलीले तत्कालै स्थानीय स्तरमा खोजतलास गरी अभियुक्तहरूलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनाले जिल्लामा व्यापक आक्रोश उत्पन्न भएको थियो र कार्कीको तत्कालीन कार्यले जनस्तरमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गरेको थियो।

१० वर्षीया बालिका श्रेयाको बलात्कारपछि हत्यामा संलग्न छिमेकी कुसुम पौडेललाई वडा प्रहरी कार्यालय बैदामको प्रमुख छँदा तत्कालिन अवस्थामा डीएसपी नवीन कार्कीले पक्राउ गर्न सफल भएका थिए ।
एसपी नवीन कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीको कमान्ड सम्हालेपछि पनि लागूऔषध नियन्त्रण, चोरी–डकैती, हत्या तथा अन्य गम्भीर अपराधका घटनामा दृढतापूर्वक अनुसन्धान गर्दै आएका छन्। उनी प्रहरी सेवा प्रवेशदेखि नै व्यावसायिकता, छिटो निर्णय क्षमता र टोली नेतृत्वका लागि परिचित छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुशासनका साथ सम्पादन गर्दै आएकोमा मिति २०८२ साल चैत्र महिनाको २४ गते … घटनाको २८ घण्टाभित्र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पाइएको हुँदा तपाईंलाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८२ साल चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ।’

सिर्जना केसी पौडेलको हत्यामा संलग्न लाई २८ घण्टाभित्र पक्राउ गर्न एसपी नवीन कार्की सफल भएका थिए ।

सिर्जना केसी पौडेलको पोखराको मुख्य बजार सभागृहचोक नजिकै यसरी हत्या गरिएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन