
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ५ वैशाख । जिल्ला अदालत कास्कीमा सहकारी ठगीमा संलग्न भएर धरौंटीमा रिहा भएकाहरुले धमाधम रोक्का बैंक खाता र सम्पत्ति फुकुवाको माग गर्दै कानुनी प्रक्रिया अघि बढाईरहँदा पीडितहरु झनैं अन्यायमा पर्ने देखिएको छ । बचतकर्ताको बचत सुनिश्चिता नगर्दै अदालतमा अर्को खेल सुरु हुन थालेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा मुख्य अभियुक्त गितेन्द्र बाबु राई (जीबी) की प्रेमिका लीला पछाई (मुद्दा ०८२-FN-१०३६) सहित चारजनाले रोक्का राखिएका बैंक खाता र सम्पत्ति फुकुवा लगायतको माग गर्दै जिल्ला अदालत कास्कीमा निवेदन दिएका छन् ।
जसमा गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ, संस्थाकी पूर्व कोषाध्यक्ष आरती गुरुङ र तदर्थ सञ्चालक समितिका उपाध्यक्ष कृष्णबहादुर गुरुङले रोक्का रहेका बैंक खाता, शेयर खाता, विमा खाता तथा जग्गा सम्पत्ति फुकुवा गर्न निवेदन दिएका हुन् ।
लीला पछाईले वैशाख २ गते अदालतमा निवेदन दिई मुद्दा प्रक्रिया अघि बढाइसकेकी छन् भने मीना गुरुङ, आरती गुरुङ र कृष्णबहादुर गुरुङले पनि सोही मागसहित निवेदन दिएका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा अदालतले यस्ता रोक्का सम्पत्ति फुकुवा गरेमा १८ हजार ७ सय बचतकर्ताको अर्बौं रुपैयाँ कसरी सुरक्षित र फिर्ता हुन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठको भनाई छ ।
सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष श्रेष्ठले भने–‘बचतकर्ताहरु अब झनै सचेत हुनुपर्ने देखिएको छ । भागेका कैदीहरु पक्राउ भएका छैनन् । जीबी राईको अत्तोपत्तो छैन । ६३ जनामा ५५ जना फरार छन् । संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरण जस्तो गम्भिर मुद्दामा अभियुक्तहरुलाई यसरी धमाधम रोक्का गरिएका खाता र सम्पत्ति फुकुवा अदालतले गरिदिए हामी पीडितहरुले न्याय खोज्न कहाँ जाने ?’प्रहरी अनुसन्धान र अभियोगपत्रअनुसार लीला पछाई जीबी राईको सामान्य कर्मचारीबाट प्रेमिका बन्दै सहकारीको ३ करोडभन्दा बढी रकम अपचलनमा संलग्न भइन् । उनको नाममा पोखरामा दुईवटा घर, ललितपुर खुमलटारमा घर, बुटवलमा जग्गा, गाडी, गरगहना र फिक्स्ड डिपोजिट छन् । जीबी राईसँग मिलेर उनले १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ क्रिप्टोकरेन्सी (बाइनान्स र भीट्याब्स) मा लगानी गरेको प्रहरीले फेला पारेको छ । पछाईले जीबी राईको मोबाइल बैंकिङ एप चलाएर, विश्वविक्रम राई मार्फत विदेशी डिजिटल वालेटमा रकम पठाएको बयान दिएकी छन् ।
यो प्रकरणमा कुल ६३ जनाविरुद्ध मुद्दा चलेको छ, जसमध्ये ५५ जना अझै फरार छन् । मुख्य अभियुक्त जीबी राईको विषयमा सरकार मौन छ भने लीला पछाईसहित चारै जनाले रोक्का सम्पत्ति फुकुवा गर्न खोजिरहेका छन् । अदालतले यस्तो माग स्वीकार गरे बचतकर्ताहरू झन् ठूलो मर्कामा पर्ने निश्चित छ । संस्थाको १ अर्ब ३५ करोडभन्दा बढी बचत अपचलन भएको प्रतिवेदन छ, जसमध्ये लीला पछाईबाट मात्र २ करोड ७५ लाखभन्दा बढी असुल गर्नुपर्ने र क्रिप्टो कारोबारबाट १८ करोड ४८ लाख असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
लीला पछाई गुल्मी मुसिकोटकी ३२ वर्षीया महिला हुन् । उनी जीबी राईको संगतले विलासी जीवन बिताइरहेकी थिइन् । सहकारीबाट प्राइम बैंकमा ५० लाख, जीबीको खाताबाट १ करोड ५० लाख जम्मा भएको, स्वर्णलक्ष्मी सहकारीमा ५० लाख फिक्स्ड डिपोजिट गरेको र उक्त रकम घर–जग्गा, गाडी किन्न खर्च गरेको उनले बयानमा स्वीकारेकी छन् ।
अर्कोतर्फ, तदर्थ समिति र प्रारम्भिक सञ्चालक समितिमा रहेका मीना गुरुङ (पूर्व प्रदेश सांसद, मुद्दा ०८२-FN-०६०४), उनका बुबा कृष्णबहादुर गुरुङ (उपाध्यक्ष) र आरती गुरुङ (कोषाध्यक्ष)ले संस्थाको स्थापना कालमै १ करोड ५४ लाख ४९ हजार ८३६ रुपैयाँ अपचलन भएको अभियोग सामूहिक दायित्वमा परेको छ । उनीहरूको नाममा ५३ लाख ७६ हजार ३०८ रुपैयाँको दायित्व कायम छ ।
बचतकर्ताहरूले अब सचेत हुनुपर्ने समय आएको छ । यदि अदालतले ठगीको मुद्दा चलिरहेका व्यक्तिका खाता, शेयर, विमा र जग्गा फुकुवा गर्दै गयो भने सहकारी ठगीको यो ठूलो प्रकरणमा पीडित बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउने सम्भावना झन् क्षीण हुने देखिन्छ ।

