
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अब कास्की जिल्ला अदालतमा हरेक महिना नियमित तारेख बुझ्न आउनु नपर्ने भएको छ । यतिबेला देश कैं प्रमुख राजनीतिक दलको प्रमुख भएकै कारण अदालत पनि लामिछानेप्रति नरम देखिएको हो ।
मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेको निवेदन मागबमोजिम तारेखमा उपस्थित हुन नपर्ने आदेश जारी गरेको सूचना अधिकारी रामबहादुर किसानले बताए ।
लामिछानेले आइतबार मात्रै अदालतमा निवेदन दर्ता गरेका थिए । उनले प्रमाण बुझ्ने प्रक्रिया पूरा भएपछि तारेखमा व्यक्तिगत उपस्थिति नचाहिने माग गरेका थिए । अदालतले सोही माग स्वीकार गर्दै नियमित तारेख काटिदिएको छ ।
यद्यपि, मुद्दाको क्रममा अदालतले थप प्रमाण बुझ्न आवश्यक ठानेमा वा बोलाएमा भने उनी उपस्थित हुनुपर्नेछ । अन्य सबै कानुनी प्रक्रिया भने यथावत् रहने अदालतले जनाएको छ ।
लामिछानेमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा उनको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
गत वर्ष कात्तिकमा पक्राउ परेका लामिछाने पुसमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यसयता उनी हरेक महिना कास्की जिल्ला अदालतमा तारेख बुझ्न आइरहेका थिए । अन्तिम पटक माघ २९ गते उनी अदालतमा उपस्थित भएका थिए ।
यो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८८ अनुसार दिइएको हो । उक्त दफाले प्रमाण बुझ्ने चरणपछि पक्षले तारेखमा बस्न नचाहेमा अदालतलाई अनुमति दिन सक्ने व्यवस्था गरेको छ । यो सुविधा मुद्दालाई छिटो छरितो बनाउन र पक्षलाई अनावश्यक झन्झटबाट बचाउनका लागि राखिएको कानुनी प्रावधान हो । अब लामिछानेले वकिलमार्फत नै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछन्, तर अदालतले आवश्यक ठानेमा भने उपस्थित हुनुपर्नेछ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा