
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १ वैशाख । सञ्चारिका समूह गण्डकी को सातौं अधिवेशनले राधिका कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सोमबार पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि कँडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
राससमा फोटो पत्रकारको रूपमा कार्यरत राधिका कँडेल पोखरामा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आले मगर, सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन् । सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, विना थापा मगर, रीना थापा र देविका तामाङ रहेका छन् ।
सञ्चारिका समूह नेपाल महिला पत्रकार र सञ्चारकर्मीहरूको अग्रणी संस्था हो । सन् १९९६ अप्रिलमा बेइजिङ प्लेटफर्म फर एक्सनको प्रेरणाबाट स्थापित यो समूहले नेपाली सञ्चार क्षेत्रमा महिलाको प्रतिनिधित्व वृद्धि गर्नु, लैङ्गिक संवेदनशील रिपोर्टिङलाई मुख्यधारामा ल्याउनु, महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु र उनीहरूको सुरक्षा तथा हकहित संरक्षण गर्नु मुख्य उद्देश्य राखेको छ ।
संस्थाले वर्षौंदेखि महिला पत्रकारहरूलाई तालिम, अन्तरक्रिया, फेलोसिप कार्यक्रम, मिडिया अनुगमन र लैङ्गिक मुद्दामा आधारित सामग्री उत्पादनमा जोड दिँदै आएको छ । हिंसा, बलात्कार जस्ता नकारात्मक विषयभन्दा महिलाका सफलता, उद्यमशीलता र सशक्तीकरणका कथा मुख्यधाराको मिडियामा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नीति निर्माण तहसम्म महिला मुद्दालाई पुर्याउने प्रयास गर्दै आएको छ । यसले महिला पत्रकारहरूको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको छ र विभिन्न प्रदेशमा शाखामार्फत क्रियाशील रहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै सञ्चारिका समूह नेपालकी पूर्वअध्यक्ष तथा राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले थप सक्रिय भूमिका खेल्नुपर्ने बताइन् । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले नेपाली सञ्चार जगतमा महिला पत्रकारको सहभागिता र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासंघकी महासचिव तथा सञ्चारिकाकी पूर्वअध्यक्ष जमुना वर्षा शर्मा, सञ्चारिका समूह नेपालकी उपाध्यक्ष वसन्ती बास्तोला, महासंघकी निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सञ्चारिका समूह गण्डकीकी पूर्वअध्यक्ष स्मीता अधिकारीलगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रम पूर्वअध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष उमा आले मगरले सञ्चालन गरेकी थिइन् । अधिवेशनले महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।
नयाँ कार्यसमितिले आगामी दिनमा गण्डकी प्रदेशमा महिला पत्रकारहरूको क्षमता विकास, लैङ्गिक समानता प्रवद्र्धन र सुरक्षित कार्य वातावरण निर्माणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सञ्चारिका समूह नेपालले स्थापनाकालदेखि नै महिला पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, लैङ्गिक समानता प्रवद्र्धन र महिला हिंसा न्यूनीकरणमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले तालिम, कार्यशाला, अन्तरक्रिया, फेलोसिप कार्यक्रम, मिडिया अनुगमन, सचेतना अभियान र सामग्री उत्पादनलाई मुख्य प्राथमिकता दिएको छ ।