
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २५ चैत । पोखराको व्यस्त बजार क्षेत्र नजिकै खुकुरी प्रहार गरी एक ४२ वर्षीया महिलाको हत्या भएको छ । पोखरा–५ मालेपाटन घर भएकी सिर्जना पौडेल केसीको आज बुधबार राती ७ बजे हिडेर घर आउँदैं गर्दा खुकुरी प्रहार गरी हत्या गरिएको हो । मालेपाटनमा घर भएपनि उनी खपौंदीस्थित आफ्नै अर्को घरमा बस्दैं आईरहेकी थिईन् ।

स्वर्गीय श्रीमान् कृष्ण केसीका साथमा मृतक सिर्जना । श्रीमान् कृष्णको एकवर्ष अघि विष सेवन गरेर घरमैं मृत्यु भएको थियो । फाईल तस्विर ।
पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आईरहेकी सिर्जना एकल महिला हुन् । प्रहरीका अनुसार, आज राति ७ बजे पौडेल सभागृहचोकबाट सृजनाचोकतर्फ आउँदै गर्दा शिवालय चोकतर्फ जाने गल्लीको कर्नरमा पुग्दा अज्ञात व्यक्तिले टाउकोमा खुकुरी प्रहार गरेको थियो ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घटनापछि आक्रमणकारी फरार भएका छन् भने घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रमाण संकलन र हत्यामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।
प्रहरीले परिवारका सबै सदस्य र मृतकसँग निकट रहेका व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार हत्यामा संलग्न युवाको सिसिक्यामेरा फुटेज र हुलिया प्राप्त भएको छ ।

सिर्जना केसी (हत्या गरिएकी महिला)
मृतक सिर्जनाकी एक ३ वर्षीय छोरीमात्र छिन् । उनी कान्छी श्रीमती हुन् भने जेठी श्रीमती र श्रीमानको मृत्यु भईसकेको छ । जेठीपट्टि एक छोरा र दुई छोरी छन् । उनीहरु हजुरबुबाहजुरआमासँग मालेपाटनस्थित घरमा बस्दैं आईरहेका छन् ।
-घटनाको विस्तृत विवरण हामी पछि उपलब्ध गराउने छौं ।