
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, ९ चैत । पोखरास्थित धनुष बचत तथा ऋण सहकारी संस्थाबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ‘सहकारी पीडित हुँ’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद जैशी सहित सचिव र व्यवस्थापकलाई सोमबार पक्राउ गरेको छ । सहकारी पीडित भन्दैं चर्को आन्दोलन र बिरोध गर्दै आईरहेका जैशीलाई ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले आज सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यस विषयमा आधिकारिक सूचना नदिए पनि प्रत्यक्षदर्शीका अनुसार प्रहरीले जैशीलाई सहकारी ठगीमा घरबाट नैं पक्राउ गरी लगेको हो । बाँकी पक्राउ परेकाहरुमा सहकारीका सचिव एवम् व्यवस्थापक समेत रहेका विराज सुवेदी र व्यवस्थापक जगत पौडेल रहेका छन् । प्रहरीले ठगीमा संलग्न अन्यहरुको पनि खोजी कार्य व्यापक बनाएको छ ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले गरेको दोस्रो चरणको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई कारबाही अघि बढाउन आइतबार मात्र निर्देशन दिइएको थियो । प्रतिवेदन बुझाएको भोलिपल्टै प्रहरीले अभियुक्तहरूमाथि कारबाही थालेको हो । ठगी प्रकरणमा जैसीसहित १३ जनालाई प्रतिवादी बनाइएको र अन्य ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ । साविक साईनो सहकारीसँग एकीकरणपूर्व नै ईन्जिनियर असिम बराल (एबिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक), गमरेजजंग गुरुङ परिवार (श्रीमती काशिमाया गुरुङ र छोरी सिर्जना गुरुङ, हाल अमेरिकामा)ले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।
ऋण समितिमा रहेका कृष्णप्रसाद जैशीले ८३ लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको प्रतिवेदनले औंल्याएको छ । ई. असिम बराल र सिर्जना गुरुङले आफ्ना कर्मचारीहरू (रुपेश विजुक्छे, रेखा श्रेष्ठ लगायत) को नागरिकता दुरुपयोग गरी किर्ते दस्तावेज तयार पारेको, सहकारी दर्ता तथा बैंक खातामा तिनै किर्ते व्यक्तिको नाम प्रयोग गरी रकम निकासी गरेको छानबिनमा खुलेको छ । वित्तीय विश्लेषक निर्मल गौतमले गरेको छानबिनपछि रुपेश विजुक्छे र रेखा श्रेष्ठले बराल तथा सिर्जना गुरुङविरुद्ध जिल्ला अदालत कास्कीमा किर्ते जालसाजी मुद्दा दायर गरेका छन्, जुन हाल विचाराधीन छ ।
व्यवस्थापक विराज सुवेदी र जगत पौडेलले सहकारीमा रकम संकलन बढेसँगै कृतिम कर्जा सिर्जना गरी निकासी गरेको, अकबर श्रेष्ठ र धुलप्रसाद क्षेत्री जस्ता व्यक्तिसँग अनुचित लेनदेन गरेको तथा सञ्चालक समिति, लेखा समिति र ऋण समितिको अज्ञानताको फाइदा उठाउँदै त्रुटिपूर्ण वित्तीय विवरण बनाई गैरकानुनी लाभांश निकासी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा रास्वपाका उम्मेदवार बिना गुरुङसँग विवाद गरेपछि बाहिरिदैं गर्दा आक्रोशित कृष्णप्रसाद जैशी । फाईल तस्विर ।
कृष्णप्रसाद जैशीको भूमिका विशेष चर्चामा आएको छ । बजारमा ’सहकारी पीडित’ को छवि बनाएर विभिन्न आन्दोलनमा सक्रिय जैशीले धनुष सहकारीको ऋण समितिमा बसेर व्यवस्थापक तथा सञ्चालकहरूसँग मिलेमतो गरी चर्को मिटरब्याजमा रकम लगानी गरेको र ८२ लाखभन्दा बढी ठगी गरेको खुलेको छ । ठगीबाट प्राप्त रकम उनले सूर्यदर्शन सहकारीमा जम्मा गरी आफूलाई पीडित देखाउने गरेको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टी निकटस्थहरूले जैशीलाई रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधका लागि परिचालित भएको आरोप लगाउँदै आएका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका सन्दर्भमा गितेन्द्रबाबु राई (जीबी राई)को समूहले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । प्रहरीका अनुसार जीबी राई मुख्य योजनाकार रहेको समूहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने व्यवसायिक साझेदार थिए ।
जीवी राई र लामिछानेले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी तथा अपचलन गरेको र क्रिप्टो मार्फत विदेश पठाएको आरोप लागेको छ । कास्की जिल्ला अदालतमा विचाराधीन रहेको यो मुद्दामा कुल ५१ जनालाई प्रतिवादी बनाइएको छ। पुरक अभियोजनमा कृष्णप्रसाद जैशी लगायतको नाममा निवेदन परेको हो ।

सहकारी ठगी र संगठित अपराधका कुख्यात पात्र जीवी राईसँग उनका व्यवसायिक साझेदार तत्कालिन गृहमन्त्री रवि लामिछाने ।
सहकारीका अध्यक्ष राजाराम सुवेदीले वेथिति देखिएपछि आफैंले रजिस्ट्रार कार्यालयमा छानबिन माग गरेका थिए । उनले मुख्य समस्या कर्मचारी र केही शेयर सदस्य (ऋण समितिका) बाट आएको बताएका थिए । पहिलो छानबिनपछि ११ करोड रुपैयाँ सोधभर्ना भएको र बाँकी रकम तिरिए सहकारीले बचतकर्ताको रकम फिर्ता गरी मुनाफामा फर्कन सक्ने दाबी गरेका थिए । तर रकम नउठेपछि दोस्रो छानबिन गरी अटेरी गर्नेहरूमाथि कारबाहीका लागि प्रहरीलाई प्रतिवेदन बुझाइएको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी