
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ११ चैत । जेन–जी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शनकारीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको भवन, महत्वपूर्ण कागजात, हातहतियार र सवारीसाधन जोगाएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतलाई पुरस्कारका लागि सिफारिस गरिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेन–जी घटना जाँचबुझ आयोगले डीएसपी बस्नेतको उच्च नेतृत्व, संयम र व्यावसायिकताको प्रशंसा गर्दै उनलाई पुरस्कार सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदनका अनुसार, आन्दोलनका क्रममा अत्यन्त तनावपूर्ण अवस्थामा पनि डीएसपी बस्नेतको टोलीले मानवीय क्षति न्यूनीकरण गर्ने गरी संयम अपनाएको थियो । नतिजास्वरूप सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फ कुनै मानवीय क्षति हुन पाएन ।
डीएसपी बस्नेतले तत्कालीन अराजक स्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका हातहतियार, मिसिल, फाइलहरू र प्रहरीका सवारीसाधनलाई सफलतापूर्वक बचाएका थिए । उनको कुशल नेतृत्वका कारण काठमाडौं केन्द्रित तथा देशव्यापी रूपमा चर्किएको आन्दोलनका बेला पनि हातहतियारसहितको प्रहरी टोली सकुशल जोगिन सफल भएको आयोगले निष्कर्ष निकालेको छ ।
डीएसपी बस्नेत २०८२ वैशाखमा कास्कीमा सरुवा भएर आएका थिए । यसअघि पनि उत्कृष्ट कार्यसम्पादनको लागि प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षकबाट पुरस्कृत भइसकेका उनी प्रहरी संगठनभित्र ‘संयमी र कुशल नेतृत्वकर्ता’का रूपमा चिनिन्छन् ।
आयोगले डीएसपी बस्नेतसहित थप ६ जना डीएसपीहरूलाई पनि पुरस्कारका लागि सिफारिस गरेको छ । तीमा कालिमाटी प्रहरी वृत्तका डीएसपी मधु थापा, मालिगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगन्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगाना रहेका छन् ।
यसबाहेक, आयोगले भदौ २४ गतेको प्रदर्शनलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्ने दुई जना व्यवसायीलाई पनि पुरस्कार सिफारिस गरेको छ । जसमा कोटेश्वरका स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साह रहेका छन् ।