
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलन कार्यक्रम घोषणा गरेको छ। एमालेले चैत २५ देखि वैशाख १२ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
जेनजी आन्दोलनको दमनमा लापरवाही गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हालको सरकारले पक्राउ गरेको छ। यो घटनालाई लिएर एमालेका कार्यकर्ताहरु सडकमा आन्दोलन गरिरहेका छन् ।
एमालेले भने यो पक्राउलाई राजनीतिक प्रतिशोध ठानेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले ओली र लेखकको रिहाइका लागि थप आन्दोलन कार्यक्रम तय गरेको हो। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णयबारे महासचिव शङ्कर पोखरेलले जानकारी दिए।
बैठकले नागरिक समाज, विभिन्न वर्ग र पेसागत संघ–संगठनसँग जिल्ला तथा केन्द्रीय स्तरमा संवाद तथा अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, एमालेले आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय संगठनलाई आह्वान गरेको छ। चाँडै नै केन्द्रीय कमिटी बैठक बस्ने विषयमा पनि छलफल भएको महासचिव पोखरेलले बताए।