
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २७ चैत्र । पोखराको मालेपाटनमा जारी पहिलो संस्करणको ‘३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता’को प्रिक्वाटरफाइनल चरणका सबै खेलहरू शुक्रबार सम्पन्न भएका छन् । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटन खेलमैदानमा भएको प्रतियोगितामा चारवटा प्रिक्वाटरफाइनल खेलहरूमा आयोजकसहित पाँच टिमले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
आजको पहिलो खेलमा आयोजक गण्डकी स्पोर्टस् क्लब ‘ए’ ले टाइटन भेट्रान्सलाई ३–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । आयोजकको जितमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले एक–एक गोल गरे ।
दोस्रो प्रिक्वाटरफाइनलमा एनके एफसीले सबिन मेमोरिय एक्स एलजी एकतालाई ३–० गोल अन्तरले पराजित गर्यो । एनके एफसीको जितमा मनिष थापाले दुई गोल गरे भने कन्या गुरुङले एक गोल गरे ।
तेस्रो खेलमा पोखरा १५ ले एट टु नाइनलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । पोखरा १५ को जितमा अशोक लामा र रोशन सुनारले एक–एक गोलको योगदान दिए ।
चौथो खेलमा पोखरा लायन्सले टिचर्स एफसीमाथि ५–२ गोलको फराकिलो जित हासिल ग¥यो । पोखरा लायन्सका लागि दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले एक–एक गोल गरे । टिचर्स एफसीका डिटी मगर र भरत अधिकारीले एक–एक गोल फर्काए ।
अन्तिम प्रिक्वाटरफाइनल खेलमा कस्केरी भेट्रान्सले हेमजा एफसीलाई २–१ गोलले साँघुरो जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कस्केरीको जितमा अन्तिम गुरुङ र लक्ष्मण महतले एक–एक गोल गरे भने हेमजा एफसीका मिलन गुरुङले एक सान्त्वना गोल गरे ।
प्रतियोगिताका संयोजक र्यामोस गुरुङका अनुसार शनिबार क्वाटरफाइनलका चार खेलहरू हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षकलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता मालेपाटन खेलमैदानमा नै जारी रहनेछ ।