
१तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
३उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
४राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
५फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
६रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
७८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
८रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
९पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
१२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, १९ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। यस वर्ष परीक्षालाई थप पारदर्शी, व्यवस्थित र अनियमितता मुक्त बनाउने लक्ष्यका साथ नयाँ निर्देशिका लागू गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले देशभर एकै समयमा परीक्षा सञ्चालन गर्दैछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ।
यो वर्षको एसईईमा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। कुल परीक्षार्थीमध्ये छात्राको संख्या बढी छ — २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य। जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिनेछन्।
देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यी केन्द्रमा ११ हजार ३७९ वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा व्यवस्थापन र सुरक्षा
प्रश्नपत्र सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मार्फत सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। यसमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० जना परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारीको व्यवस्था गरिएको छ।
उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था
परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्ने योजना छ। यस वर्ष ‘मार्कस्लिप प्रिन्ट’ गरी ट्याबमा चढाएर खाममा सिलबन्दी गरी शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने नयाँ प्रक्रिया अपनाइएको छ।
केन्द्रले प्राप्त उत्तरपुस्तिका तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ र सिलबन्दी खाममा परीक्षा केन्द्र तथा विषय उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ।
माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ अनुसार परीक्षा समाप्त हुने समयमा नै तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्नेछ। सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र सम्परीक्षक व्यवस्था गरिनेछ। नतिजा प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था छ।
परीक्षण कार्य परीक्षण केन्द्रमै (सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा) गरिनेछ। उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकबाहेक अरूबाट परीक्षण गराउने, अयोग्य शिक्षकलाई जिम्मेवारी दिने वा उत्तरपुस्तिका हराउने÷मिसाउने जस्ता अनियमितता रोक्न कडा प्रबन्ध गरिएको छ। परीक्षक र सम्परीक्षकले परीक्षण कक्षमा मोबाइललगायत विद्युतीय उपकरण ल्याउन पाउने छैनन्।
परीक्षा भएकै दिन परीक्षक र सम्परीक्षकलाई उत्तरपुस्तिका बुझाइने छ। लापरवाही गरेमा पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने, सूचीबाट नाम हटाउने वा प्रचलित कानुनबमोजिम विभागीय कारबाही गर्न सकिने व्यवस्था निर्देशिकामा उल्लेख छ।
सामूहिक अनुगमनमा रोक
यस वर्ष परीक्षा केन्द्रको सामूहिक अनुगमनमा रोक लगाइएको छ। विगतमा विभिन्न संघ–संगठनका प्रतिनिधिले सामूहिक रूपमा अनुगमन गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएकाले यो निर्णय गरिएको हो। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
परीक्षा तालिका
आज (चैत १९ गते) : अनिवार्य अंग्रेजी
चैत २० गतेः अनिवार्य नेपाली
चैत २२ गतेः अनिवार्य गणित
चैत २३ गतेः विज्ञान तथा प्रविधि
चैत २४ गतेः सामाजिक अध्ययन
चैत २५ गतेः ऐच्छिक प्रथम खण्डका विषयहरू
चैत २६ गतेः ऐच्छिक द्वितीय खण्डका विषयहरू
चैत २७, २८ र २९ गतेः प्राविधिक धारका बाँकी विषयहरू
परीक्षा चैत २९ गते सम्पन्न हुनेछ। नयाँ निर्देशिकाले परीक्षालाई थप विश्वसनीय र छिटो नतिजा प्रकाशनतर्फ लैजाने अपेक्षा गरिएको छ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला