
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
गुड फ्राइडे सिनेमा
सरकारी मन्त्री वा नेताहरूको भ्रमण भएका बाटो वा ठाउँमा आममानिसलाई निषेध गरिएको हुन्छ। नेपालमा होस् वा भारतमा, जनप्रतिनिधिकै कारण भोग्नुपर्ने यस्तो समस्या असामान्य हुँदा पनि सामान्य रूपमा लिनुपर्ने बाध्यता छ। ‘वान’ फिल्मका किशोर पात्र समल (म्याथ्यु थोमस) पनि यस्तै समस्याको शिकार हुन्छन्।
उनका बुबालाई अस्पतालमा लगेका बेला केरला राज्यका मुख्यमन्त्री कडकल चन्द्रन (मामुट्टी) आउँदा सुरक्षाकर्मीहरूले समललाई रोक्छन्। उनलाई सुरक्षाकर्मीले अपमानित पनि गर्छन्। समलकी साथीले उनलाई सामाजिक सञ्जालमा पहिचान नखुलाई त्यस घटनाको विरोधमा मनमा लागेको कुरा लेख्न लगाउँछिन्। समलको पोस्ट भाइरल भइदिन्छ।
यो घटनालाई विपक्षी दलका नेताहरूले अवसरका रूपमा लिन्छन् र मुख्यमन्त्रीविरूद्धमा हडताल र आन्दोलन गर्न थाल्छन्। त्यस घटनाबाट डराएर भाग्न लाग्दा समललाई पक्रेर मुख्यमन्त्रीकहाँ लगिन्छ। तर समल र उनका बुबाको डर विपरीत मुख्यमन्त्रीले प्रेसका मान्छेहरूका सामु आफूबाट भएको गल्तीका लागि क्षमा माग्छन्।
फिल्ममा यो घटना समल र मुख्यमन्त्री बनेका फिल्मका मुख्य पात्रलाई जोड्ने सन्दर्भका रूपमा आउँछ। सँगसँगै त्यो घटनामा आफ्नो गल्ती सहजै स्विकारेको देखाएर मुख्यमन्त्रीको उदार चरित्र पनि स्थापित गरिएको छ।
त्यसपछि फिल्म मुख्यमन्त्री पात्रकै सेरोफेरो घुम्छ। यी मुख्य मन्त्री पार्टी र सरकारभन्दा माथि उठेर सोच्नुपर्छ भन्ने मान्यता बोक्छन्। ठूला पद ओगटेका नेताहरूलाई समेत कारबाही गर्न नहिच्किचाउने उनीसँग वर्षौं पुरानो एउटा सपना हुन्छ। त्यो सपना हो, संसदमा ‘राइट टु रिकल’ बिल पास गर्नु।
तर यस अभियानमा उनी फिल्मको नाम ‘वान’ भनिएझैं एक्लो पर्छन्।
जनप्रतिनिधि भनेको जनताको लागि काम गर्ने मान्छे हो भन्ने उनले चाल्ने हरेक कदमले विपक्षी दलका राजनीतिज्ञलाई मात्र नभई आफ्नै दलभित्रकालाई पनि चिढ्याउँछ। उनीहरू मुख्यमन्त्रीलाई धेरै आदर्शवादी नहुने सल्लाह दिँदै भन्छन्- यो व्यवहारिक छैन।
यस क्रममा उनलाई संकटमा साथ दिने साथी बबीसमेत असन्तुष्ट हुन्छन्। यसैबीच उनको स्वास्थ्यमा पनि समस्या देखिन थालेको हुन्छ। शारीरिक र मानसिक संघर्षसँगै मुख्यमन्त्रीले राजनीतिक प्रतिस्पर्धीसँग निरन्तर लड्नुपर्छ।
यो फिल्मले प्रतिकूल परिस्थितिमा एक्लै लड्ने इच्छाशक्ति र धैर्य भएका राजनीतिज्ञको कथा भन्छ। यो कथालाई राजनीतिज्ञहरूको संसारमा सीमित गरिएको छैन। विभिन्न घटनाका माध्यमबाट केरला र भारतका आममानिसका समस्या र चाहनासँग जोड्ने प्रयास पनि गरिएको छ।
भारतको लोकतन्त्रमा देखिएका समस्याहरू उजागर गर्ने क्रममा फिल्ममा राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचार र गैरजवाफदेहीतालाई ठूलो समस्याका रूपमा देखाइएको छ। फिल्ममा जयनन्दन (मुरली गोपी) को नेतृत्वमा रहेको विपक्षी दलले सत्ता र शक्तिमुखि राजनीतिको प्रतिनिधित्व गर्छ। अर्कोतिर मुख्यमन्त्री आदर्श र जनमुखी राजनीतिका प्रतीक हुन्।
बलिउड फिल्म ‘नायक’ को झल्को आउने खालको ‘पोलिटिकल ड्रामा’ वानमा मुख्यमन्त्रीको भूमिकामा म्यामुट्टीको उपस्थिति शक्तिशाली छ। मलयालम फिल्मका ठूला अभिनेता मानिने उनको शारीरिक हाउभाउ र डायलग डेलिभरीले प्रभावित गर्छ। धैर्यवान् र शालीन राजनीतिज्ञका रूपमा उनी जमेका छन्।
फिल्मका अन्य पात्रको अभिनय पनि सुहाउँदो छ। फिल्मको साजसज्जा र सिनेमाटोग्राफीले पनि आकर्षित गर्छ। मामुट्टीको स्टारडम र अन्य केही सबल पक्षका बाबजुद फिल्मले राजनीतिक समस्यालाई देखाउने क्रममा पुराना सूत्रलाई छोड्न सकेको छैन।
मुख्यमन्त्रीले आफ्नै राजनीतिक दलभित्र र विपक्षी दलसँग गर्ने संवाद अझ प्रभावकारी हुन सक्थ्यो। फिल्ममा राजनीतिक क्षेत्रमा हुने संवाद र द्वन्द्वका केही रोचक दृश्य देख्न पाइए पनि यो व्यवसायिक फिल्म हो। सन्तोष विश्वनाथद्वारा निर्देशित यो मलयालम फिल्म सन् २०२१ मा सार्वजनिक भएको हो।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई