
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २२ असार । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यसहित सम्पन्न भएको छ।
संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघभित्र देखा परेका नेतृत्वसम्बन्धी समस्याको समाधानमा आफूले पहल लिएको उल्लेख गर्दै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी दिए। उनले २०६० साल असार २२ गते कास्की शाखाको स्थापना भएको स्मरण गर्दै संघले चुनौतीपूर्ण यात्राबाट अनुभव बटुलेको बताए।
पत्रकारिता सुदृढीकरण र नेतृत्व स्थायित्वका सन्देशहरू
संघका सल्लाहकार सुरेश रानाभाटले विधान र कार्यविधिलाई ‘संस्थाको अक्सिजन’ भन्दै कास्की शाखालाई देशकै उत्कृष्ट शाखाका रूपमा चित्रित गरे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले “मिडिया नै कलाकारलाई चिनाउने मूल माध्यम हो“ भन्दै चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ अब युवा चरणमा प्रवेश गरेको भन्दै यसलाई गतिशील राख्न सबैको सहकार्य आवश्यक भएको बताए। उनले नेतृत्वविहीनताको समस्या समाधान गर्दै अगाडि बढ्न सुझाव पनि दिए।
चलचित्र र पत्रकारिताका अन्तरसम्बन्धमा जोड
कलाकार प्रकाश घिमिरेले फिल्म पत्रकारितामा निष्पक्ष मूल्यांकनको आवश्यकता औंल्याउँदै भने, “पैसा कमाउने फिल्म मात्र होइन, उत्कृष्ट कलात्मक फिल्मलाई पनि खुलेर समर्थन गर्नुपर्छ।”
त्यस्तै, कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारिता परिस्कृत गर्न र चलचित्र ऐनका त्रुटि सच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताए।
संघका पूर्व उपाध्यक्ष राजाराम पौडेलले नेतृत्वको कार्यकाल पूरा गर्नुपर्ने र ‘सिनेमा संवाद’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिए।
पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि तालिम, फेलोसिप र गोष्ठी सञ्चालन गर्न आग्रह गरे।
संस्थाको भविष्य र सुदृढीकरणमा सबैको चासो
संघका सचिव सन्तोष बस्यालले संस्थाको हालको अवस्थाबारे जानकारी गराउँदै भविष्यमा अझ संगठित ढंगले अघि बढ्ने योजना सुनाए।
कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष श्रीराम सिग्देलले गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले संघको भूमिकालाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउन विविध सुझावहरू प्रस्तुत गरे।
चलचित्र पत्रकार संघको स्थापना २०५६ साल जेठ ७ गते केन्द्रमा भरत शाक्यको अध्यक्षतामा भएको थियो भने पोखरामा शाखा विस्तार २०६० साल असार २२ गतेबाट सुरु गरिएको थियो।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?