News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन

रंजित गजमेरको संगीतमा  ‘म जुन बनिदिन्छु’ सार्वजनिक

पोखरा । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश  ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको  यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल लोहारको शब्द रहेको छ। रंजित गजमेरले नै यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम  अली खान र जानकी थापा फिचर्ड छन् ।  रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो।  गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

डनन्यूज ट्रेन्डिङ