
१ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
२सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
३नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
६न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
७डा. गोविन्द केसी पुन: आन्दोलनमा
८विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
९विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
१०प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
११न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
१२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
बुटवल, १३ कार्तिक । नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ स्थित सेतो पुलमा बुधबार मध्याह्न करिब सवा १२ बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको हो। हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३ भलवारी निवासी अन्दाजी ४० वर्षीय पत्रकार पोषकान्त पोखरेललाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक पोखरेल रुपन्देहीबाट ‘अग्निपरीक्षा’ नामक साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए। उनको शव पोस्टमर्टमका लागि अस्पतालमै राखिएको छ। ठक्कर दिने ट्रक र चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु रानालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !