
१‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
२पक्राउ परेका सबै पत्रकार रिहा
३पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
४‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
५आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
६ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
७सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
८नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
९बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१०करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
११न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१२डा. गोविन्द केसी पुन: आन्दोलनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ, १३ कात्तिक । समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने तथा अन्यको खोजी जारी राख्ने कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले स्थापित कानुनी र संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ। रास्वपाका प्रवक्ता जगदिश खरेलद्वारा कात्तिक १३ गते जारी विज्ञप्तिमा लोकतन्त्रको प्राण र सौन्दर्य भनेकै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू भएको उल्लेख छ।
जसमा नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका सदैव अग्रपंक्तिमा रहने र लोकतान्त्रिक राजनीतिक प्रणालीमा विधिको शासन राज्यको अनिवार्य पूर्वसर्त हुने विज्ञप्तिमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली तथा गतिविधिहरू लोकतान्त्रिक आचरण अनुकूल हुन सक्दैनन्।“
पार्टीका अनुसार प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात हो। पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय व्यावसायिक अधिकार, दायित्व तथा पेसागत धर्म भएको विज्ञप्तिमा स्मरण गराइएको छ।
प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न उठेमा त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायहरू क्रियाशील रहेको र सोही अनुसार नै निरूपण गरिनुपर्ने रास्वपाको भनाइ छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्ने कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ।
कुनै पनि आवरण वा बहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित गर्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्दै रास्वपाले समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको सन्दर्भमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। साथै, गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
कुनै पनि भय, त्रास र अनुचित दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारितालाई निरन्तरता दिन आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति हार्दिक ऐक्यबद्धता प्रकट गरेको छ। सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त ’पूर्ण प्रेस स्वतन्त्रता’को रक्षाका पक्षमा आफ्नो अडान सधैँ सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा