
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १४ कार्तिक । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सम्हाल्ने अधिकांश आइजीपीहरू कुनै न कुनै रूपमा विवाद, अनियमितता वा कानुनविपरीतका गतिविधिमा मुछिँदै आएका छन्। सुडान घोटालामा तीन पूर्वप्रहरी प्रमुख भ्रष्ट ठहरिएर जेलको हावा खान पुगे भने त्यसयता पनि नियुक्तिमा राजनीतिक चलखेल, बिचौलियासँगको साँठगाँठ र कानुनी मर्यादा उल्लङ्घनका शृङ्खला रोकिएका छैनन्।
सधैँ सत्ताधारी दलसँग सांख्लो जोड्न सफल कार्की, यसपटक बिचौलियासँगको कनेक्सन छताछुल्ल भएपछि अन्योलमा परेका छन्।
अहिले निर्वाचन प्रहरीको सामग्री खरिद भ्रष्टाचार र बिचौलिया इनम सापकोटासँगको शंकास्पद सम्बन्धले वर्तमान आइजिपी दानबहादुर कार्की तीव्र विवादको केन्द्रमा छन्। बाहिरबाट हेर्दा कार्की एकाएक विवादमा परे जस्तो देखिए पनि उनको भित्री धन्दा र प्रहरी संगठनको चरम दुरुपयोगको इतिहास धेरै पुरानो छ। सधैँ सत्ताधारी दलसँग सांख्लो जोड्न सफल कार्की, यसपटक बिचौलियासँगको कनेक्सन छताछुल्ल भएपछि अन्योलमा परेका छन्।
७ वर्षअघि तत्कालीन एसपी कार्कीद्वारा कास्कीमा खटाइएका ‘घुमुवा’हरू अझै पोखरा उपत्यकाबाहिर सरुवा भएका छैनन्। आइजीपीका निकट मानिने इन्स्पेक्टर युवराज कार्कीको नेतृत्वमा रहेको यो गिरोहले पोखराका क्लब, क्यासिनो, कवाडी र क्रसर उद्योगहरूबाट गैरकानुनी असुली गर्दै त्रास फैलाइरहेको छ।
कास्कीमा छँदा नै नाङ्गिएका कार्कीः एमालेको आर्शिवादले जोगिएका कर्तुतहरू
वर्तमान आइजिपी दानबहादुर कार्कीको धन्दा अहिले आएर मात्र नयाँ रूपमा बाहिर आएको होइन। उनी जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख (एसपी) छँदा नै उनका सम्पूर्ण गैरकानुनी हर्कतहरू नाङ्गिसकेका थिए। तर, तत्कालीन नेकपा (एमाले) संगठनको बलियो राजनीतिक आर्शिवाद र संरक्षणका कारण उनी हरेक पटक कारवाहीबाट जोगिन सफल भएका थिए।
जुवाखाल, क्यासिनो र क्रसरबाट असुलीका लागि घुमुवा परिचालनः
कास्कीमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा कार्कीले मच्चाएका असुली र षडयन्त्रका फेहरिस्त निकै लामो छ । कार्कीले कास्कीमा रहँदा जुवाखालहरूबाट सोझै पैसा उठाउन लगाएका थिए। क्यासिनो, डान्स क्लब, कवाडी ठेकेदार तथा क्रसर उद्योगहरूबाट मासिक रूपमा मोटो रकम असुल गर्न उनले विशेष रूपमा आफ्ना विश्वासपात्र ‘घुमुवा’ प्रहरीहरू परिचालन गरेका थिए। ७ वर्षअघि तत्कालीन एसपी कार्कीद्वारा कास्कीमा खटाइएका ‘घुमुवा’हरू अझै पोखरा उपत्यकाबाहिर सरुवा भएका छैनन्। आइजीपीका निकट मानिने इन्स्पेक्टर युवराज कार्कीको नेतृत्वमा रहेको यो गिरोहले पोखराका क्लब, क्यासिनो, कवाडी र क्रसर उद्योगहरूबाट गैरकानुनी असुली गर्दै त्रास फैलाइरहेको छ।

आइजिपी दानबहादुर कार्की
परिवारका सदस्यको प्रयोग गरी आर्थिक डिलः
प्रहरीको बर्दी र शक्तिको आडमा आर्थिक लेनदेन र सेटिङ मिलाउन कार्कीले आफ्नै परिवारका सदस्यहरूलाई समेत प्रत्यक्ष रूपमा प्रयोग गर्दै आईरहेको आरोप बारम्बार लाग्ने गरेको छ । घुमुवा र परिवारको सेटिङमार्फत पोखरामा उनले समानान्तर असुली साम्राज्य चलाएका थिए।
पत्रकारमाथि ‘इन्काउन्टर’ को धम्की र झुठ्ठा मुद्दाको षडयन्त्रः
उनका यी सबै अवैध धन्दा, भ्रष्टाचार र असुलीका कर्तुतविरुद्ध समाचार लेख्ने इमानदार पत्रकारहरूलाई तर्साउन, दबाउन र कतिपय अवस्थामा ‘इन्काउन्टर’ गर्नेसम्मको धम्की दिन उनले विशेष टोली नै परिचालन गरेका थिए। आफ्नो विरुद्ध आउने आवाजलाई दबाउन प्रहरीकै तर्फबाट आफैँले फर्जी प्रतिवेदन तयार गरी निर्दोष व्यक्ति तथा पत्रकारहरूलाई समेत झुठ्ठा मुद्दामा फसाएर जेलनेल गर्ने षडयन्त्र रचिएको थियो।
पोखरामा त्यतिबेला विकास भएका तिनै आपराधिक तथा बिचौलिया गिरोहहरूसँगको सम्बन्ध र कनेक्सन अहिले पनि उत्तिकै रूपमा विद्यमान छ। उनको धन्दा सुरुदेखि नै अत्यन्त विवादित र शंकास्पद रहे पनि शक्ति र पहुँचका कारण ती विषयहरू ओझेलमा पारिएका थिए। तर, आज आइजिपीको कुर्सीमा पुगेपछि भने उनका ती सबै पुराना र भित्री धन्दाहरू छरपष्ट भएर सतहमा आएका छन्।
सुडान घोटालादेखि इनम कनेक्सनसम्मको कालो इतिहास
नेपाल प्रहरीको साख धुलो पार्ने घटनाहरूको शृङ्खला हेर्ने हो भने २०७४ सालको सुडान घोटाला प्रकरण कालो अक्षरले लेखिएको दिन हो। ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी जस्ता पूर्वआइजीपीहरू संयुक्त राष्ट्रसंघीय मिसनको बन्दोबस्तीका सामान र गुणस्तरहीन बख्तरबन्द गाडी खरिदमा २८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतबाट जेल सजाय भोगिसकेका छन्। त्यसबेला राजनीतिक नेतृत्व (सुजाता कोइराला र कृष्ण सिटौला) को स्वार्थमा प्रहरी कल्याण कोषलाई समेत बन्धक बनाइएको थियो।

पूर्वप्रहरी महानिरीक्षकहरू (आईजीपी) ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरी
सुडान काण्डपछि आएका अधिकांश प्रहरी प्रमुखहरू पनि विवादमुक्त बन्न सकेनन्। सर्वेन्द्र खनाल अवकाशपछि अपहरण तथा गैरन्यायिक हत्या प्रकरणमा सर्वोच्चको आदेशको घेरामा तानिए भने सुन तस्करीमा संलग्न पात्रसँगको सम्बन्धका कारण धीरजप्रताप सिंह विवादित बने। त्यसैगरी, जेनजी आन्दोलनको दमन प्रकरणमा चन्द्रकुवेर खापुङ मुछिए भने अहिले दानबहादुर कार्की निर्वाचन प्रहरीको सामग्री खरिद र बिचौलिया इनम सापकोटासँगको कनेक्सनका कारण संकटमा फसेका छन्।
बर्दी, पद र संगठनको चरम दुरुपयोग
प्रहरी संगठन अपराध नियन्त्रण र कानुन कार्यान्वयन गर्ने पवित्र संस्था हो। तर पछिल्लो समय विधि, पद्धति र कानुनी दायराभन्दा पनि ‘पदको सुरक्षा’ र ‘व्यक्तिगत लाभ’ लाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्ने प्रवृत्ति हाबी भएको छ।
दानबहादुर कार्कीले २८ वर्षको प्रहरी सेवामा बाहिर इमानदार र खरो अधिकृतको छवि देखाए पनि भित्री रूपमा भने उनी षडयन्त्रपूर्वक प्रहरी संगठनको चरम दुरुपयोग गर्दै आएका थिए। पैसा उठाउने, बर्दीको आडमा अरूलाई अनावश्यक दुःख दिने र आफ्ना कर्तुत लुकाउन चेन अफ कमान्ड भङ्ग गरेर राजनीतिक प्रतिवादमा उत्रिने उनको प्रवृत्तिले संस्थागत अनुशासनमा गम्भीर संकट पुर्याएको छ।
सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको सामान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरिसकेको छ भने बिचौलिया इनम सापकोटासँगको उनको अवैध कनेक्सनको विषयमा सरकार गम्भीर आन्तरिक छलफलमा जुटेको छ। कास्कीदेखि नै विवादको दलदलमा फसेका तर राजनीतिक संरक्षणका कारण बचेका कार्कीमाथि देखिएको यो नयाँ संकट अब केवल विज्ञप्तिबाजी वा सामसुम पार्ने खेलले टिक्ने अवस्थामा छैन। बालेन सरकारले जति सक्दो छिटो आईजिपी कार्कीलाई बर्खास्त गर्दै उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’