
१पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
२‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
३गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
४कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
५‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
६पक्राउ परेका सबै पत्रकार रिहा
७पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
८‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
९आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१०ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
११सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१२नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
काठमाडौँ, १६ कार्तिक । नेपाली कांग्रेसले पत्रकार पक्राउ, सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेप तथा न्यायालयमा जोडिएका पछिल्ला विवादित घटनाक्रमको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारसँग माग गरेको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले समाचार संकलन र प्रकाशन गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्ने कार्यलाई विधिको शासन र प्रेस स्वतन्त्रताविपरीत ठहर गर्दै संसद् बैठक तत्काल आह्वान गर्न आग्रह गरेको छ।
बैठकपछि जारी विज्ञप्ति तथा प्रमुख सचेतक बासना थापाका अनुसार अदालतमा बिचौलियासँग मिलेर मुद्दामा ’सेटिङ’ गरिएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुन नसक्ने निष्कर्ष निकालिएको छ। पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविना नै समाचार कक्षमा प्रहरी प्रवेश गराउनु स्वेच्छाचारिता भएको भन्दै कांग्रेसले संवैधानिक संस्थाको स्वायत्तता, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि संसद्बाटै स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिएको छ।
निर्वाचनबाट प्राप्त जनादेश संविधान र कानुनभन्दा माथि हुन नसक्ने स्मरण गराउँदै कांग्रेसले जनसरोकारका विषयमा सरकारलाई समर्थन गरे पनि विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका कदममा कडा विरोध गर्ने नीति स्पष्ट पारेको छ।
यसैबीच, यी विषयमा विपक्षी दलहरूसँग साझा धारणा बनाएर अघि बढ्न कांग्रेसले दिउँसो १ बजे विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकड र न्यायालयका विषयमा संसदीय समिति गठन गरी एकीकृत रणनीति तय गरिने जानकारी दिए। यस्तै, बैठकमा भोटेकोशी-त्रिशूली बाढीसम्बन्धी संसदीय समितिको प्रगति तथा सांसदहरूलाई दिइएको जिम्मेवारीको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिएको थियो।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा