News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु

पोखरा, १६ कार्तिक । पोखरा महानगरपालिका-२६ अर्घौचोकमा स्कुटरको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ।

ग १३ प २०९४ नम्बरको स्कुटरले बाटो काट्ने क्रममा ठक्कर दिँदा पर्वतको जलजला गाउँपालिका-५ घर भई हाल पोखरा-२६ बस्दै आएका ७० वर्षीय मनबहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० मा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। दुर्घटनापश्चात् प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।