News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज सम्पादकीय

डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश

डन न्यूज पब्लिकेशन प्रा. लि. आज छैटौं वर्षमा प्रवेश गरेको छ। बडादशैंको शुभ अवसरमा घटस्थापनाकै दिनबाट हामीले www.donnews.com मार्फत निर्भीक पत्रकारिताको यात्रा पुनः आरम्भ गरेका थियौं। प्राचीन कालमा यसै दिन विजयको प्रार्थना गर्दै रणयात्रा सुरु गरिन्थ्यो। त्यही भावनालाई आत्मसात् गर्दै हामीले पनि कलमरूपी शस्त्र बोकेर समाजमा व्याप्त कुशासन, भ्रष्टाचार, विकृति, विसंगति, अनियमितता, अन्याय, अत्याचार, दमन र शोषणविरुद्ध निरन्तर लडिरहेका छौं।

डन न्यूजले सधैं शक्ति, पहुँच र केन्द्रमा रहेका गलत पात्रहरूमाथि नै प्रहार गर्छ। ठगीमा संलग्न पत्रकार र मिडियालाई पनि कहिल्यै छुट दिएको छैन। सर्वसाधारण जनताको पक्षमा अडिग रहनु हाम्रो मूल धर्म र मर्म हो। जनपक्षीय पत्रकारिता नै हाम्रो पहिचान हो।

२०६८ साल फागुन १ गते ‘डन न्यूज डेली’ सञ्चालनमा आएको थियो। प्राविधिक कारणले छापा माध्यमलाई निरन्तरता दिन नसके पनि डिजिटल माध्यमबाट डन न्यूजलाई पुनः पाठकसमक्ष ल्याएका छौं। घटस्थापनाको दिनबाट डन न्यूज डटकमका रूपमा डिजिटल पत्रकारिता अघि बढाएका छौं। समाजमा वेथिति, भ्रष्टाचार र अनियमितता व्याप्त छन्। एक्लैले सबै समस्या समाधान गर्न सकिँदैन, तर ईमान्दारिता र प्रतिबद्धताका साथ आफ्नो सामथ्र्यले भ्याएसम्म योगदान गर्ने दृढ संकल्प हामीसँग छ।

आफ्ना काला कर्तुत नाङ्गिएपछि लाञ्छना र झुटा आरोप लगाउने प्रवृत्ति पुरानो हो। त्यसविरुद्ध हामी डटेर उभिएका छौं र त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै आएका छौं।

हाम्रो समाजमा भ्रष्ट, दलाल, माफिया, गुण्डा, अपराधी र पतित प्रवृत्ति विभिन्न आवरणमा लुकेर बसेका छन्। पत्रकारिताको आचारसंहिता र प्रचलित कानुनको परिधिभित्र रहेर यस्ता खराब पात्र र प्रवृत्तिहरूको हरेक गतिविधिमाथि निरन्तर निगरानी र चिरफार गर्दै आएका छौं। पाठकहरूको सूचना र स्रोतको गोपनीयताको पूर्ण रक्षा गर्नु हाम्रो अटल जिम्मेवारी हो। तपाईंहरूले निर्धक्क विश्वासका साथ सूचना दिन सक्नुहुन्छ।

मिडिया हाउसको सञ्चालक, लगानीकर्ता र उद्देश्यलाई पाठकले बुझ्न आवश्यक छ। कुन मिडियाले कस्तो पत्रकारिता गरिरहेको छ र लक्षित वर्ग को हो भन्ने कुरा स्पष्ट भएमा पत्रकारिताको आवरणमा लुटको धन्दा चलाउनेहरूको बाटो बन्द हुन्छ। हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रवाह गर्नु हो-ताकि ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाउन बाध्य होऊन्। दबाब, प्रभाव र प्रलोभनमा कहिल्यै नफस्ने हाम्रो प्रतिबद्धता अटल छ।

यो वर्ष डन न्यूज डटकम र यसका सञ्चालकमाथि विभिन्न आक्षेप र झुटा मुद्दा लगाउने प्रयास भए। बालयौनदुराचारीदेखि समाजभित्र हिंसा, अवैध मिटरब्याज, ढुकुटी, चोरीका सुनका गरगहना किनबेच तथा रात्रिकालीन व्यवसायका नाममा विचौलियामार्फत प्रहरी प्रशासनसँग सेटिङ मिलाई आतंक मच्चाउने पात्रहरूले सामाजिक सञ्जालबाट फेक आईडी प्रयोग गरी हाम्रा विरुद्ध झुटा आरोप र बदनामीका प्रयास गरे।

चुनौती र कठिनाइसँग पौठेजोरी खेल्न रुचाउने डन न्यूज आगामी दिनमा अझ सशक्त, दमदार र जिम्मेवार रूपमा अघि बढ्नेछ। पत्रकारिताको आवरणमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि खरो रूपमा उभिनेछौं। सामान्य कार्यालय सहयोगी, कर्मचारी वा सामान्य नागरिकमाथि कहिल्यै खनिने छैनौं। भ्यूजको नाममा आतंक मच्चाउने, परिवारलाई सडकमा ल्याउने वा आत्महत्याको अवस्था सिर्जना गर्ने प्रवृत्तिको हामी कडा विरोधी हौं।

सकिन्छ भने प्रहरी प्रमुख, कार्यालय प्रमुख, राजनीतिक नेता, मन्त्री, गुण्डा नाइके, विचौलिया र दलालमाथि नै समाचार लेखिनुपर्छ। सार्वजनिक सुनुवाइ वा विज्ञापनको नाममा लाखौं असुल्ने तर सामान्य नागरिकमाथि खेदो खन्ने प्रवृत्तिको विरोध हामी निरन्तर गर्छौं। रहस्यमय ढंगले बसेर करोडौं सम्पत्ति आर्जन गर्ने र सामान्य पात्रमाथि आतंक मच्चाउने पत्रकार तथा मिडियालाई जनताले चिन्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो।

यो वर्ष डन न्यूज डटकम र यसका सञ्चालकमाथि विभिन्न आक्षेप र झुटा मुद्दा लगाउने प्रयास भए। बालयौनदुराचारीदेखि समाजभित्र हिंसा, अवैध मिटरब्याज, ढुकुटी, चोरीका सुनका गरगहना किनबेच तथा रात्रिकालीन व्यवसायका नाममा विचौलियामार्फत प्रहरी प्रशासनसँग सेटिङ मिलाई आतंक मच्चाउने पात्रहरूले सामाजिक सञ्जालबाट फेक आईडी प्रयोग गरी हाम्रा विरुद्ध झुटा आरोप र बदनामीका प्रयास गरे।

मिटरब्याजी, लागूऔषध दुव्र्यसनी र चोरीडाँकामा संलग्नहरूले लगाएका आरोपहरू खारेज भएका छन् र उनीहरूका हर्कत समाजसामु उजागर भएका छन्। केही प्रवृत्तिसँगको कानुनी लडाइँ अहिले पनि प्रक्रियामा छ।

त्यसविरुद्ध साइबर ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय कास्की र प्रेस काउन्सिल नेपालमा जाहेरी दिई कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मिटरब्याजी, लागूऔषध दुव्र्यसनी र चोरीडाँकामा संलग्नहरूले लगाएका आरोपहरू खारेज भएका छन् र उनीहरूका हर्कत समाजसामु उजागर भएका छन्। केही प्रवृत्तिसँगको कानुनी लडाइँ अहिले पनि प्रक्रियामा छ। वास्तविकता छिट्टै आमपाठकसमक्ष आउनेछ। आफ्ना काला कर्तुत नाङ्गिएपछि लाञ्छना र झुटा आरोप लगाउने प्रवृत्ति पुरानो हो। त्यसविरुद्ध हामी डटेर उभिएका छौं र त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै आएका छौं।

समस्याको जडमा प्रहार नगरी हामी रमिते पत्रकारिता गर्दैनौं, न त शक्तिहीनमाथि आतंक नै मच्चाउँछौं। डन न्यूज पब्लिकेशन सबैको साझा चौतारी हो। समाज र राष्ट्रलाई खबरदारी गर्न सामथ्र्यले भ्याएसम्म सकारात्मक र जिम्मेवार ढंगले काम गरिरहेका छौं। आगामी दिनमा यो यात्रालाई अझ परिष्कृत, परिमार्जित र प्रभावकारी बनाउने प्रण गर्दछौं। यस अवसरमा सम्पादकीय टोली, सम्पूर्ण पत्रकार, कर्मचारी, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।