
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं, २४ असोज । आचरण उल्लंघन तथा संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयले दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी विभागीय कारबाही गर्दै सेवाबाट बर्खास्त गरेको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, पटक–पटक आचरण उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र सरकार तथा कार्यरत संगठनको मानप्रतिष्ठामा गम्भीर क्षति पुर्याएकाले उनीमाथि यो कारबाही गरिएको हो।
चार वर्षे पदावधि सकिएर यही असोज २७ गते अनिवार्य अवकाशमा जान लागेका दाहाललाई अवकाशको साताअघि नै सेवाबाट हटाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले नियमावलीअनुसार उनको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा प्रस्तावसमेत पठाइसकेको थियो।
इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुराकानी गरेको प्रमाण भेटिएपछि एआईजी दाहाल निलम्बनमा परेका थिए। गृह मन्त्रालयले छानबिनका लागि एआईजी अञ्जनी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो।
जाँचबुझ अधिकृत पोखरेलले बिहीबार बुझाएको छानबिन प्रतिवेदनमा दाहालले प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचनासमेत आदानप्रदान गरेको प्रमाण संलग्न छ। छानबिनका क्रममा लिइएको बयानमा दाहालले सापकोटा आफ्नो जिल्लावासी भएको र उनीसँग संवाद भएको स्वीकार गरेका छन्।
छानबिन समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० र ११३ मा व्यवस्था भएबमोजिम विशेष सजायस्वरूप सेवाबाट हटाउने वा बर्खास्त गर्ने सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा मन्त्रालयले बर्खास्तको निर्णय गरेको हो।
यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ पर्दा एआईजी दाहाल राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका कारणसमेत विवादमा आएका थिए।