
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
सन्तोष पुर्कुटी
ताप्लेजुङ । कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर । उहाँलाई कसैले भक्तबहादुर नाम लिएर बोलाउँदैनन् भने उहाँको नामले प्राय कसैले चिन्दैनन् पनि । बाटोमा भेट्ने कतिपयले ट्रक भनेर बोलाउँदा हाँस्दै बोल्ने भक्तबहादुरलाई नजिकै गएर तपाईको खास नाम के हो ? भनेर हामीले सोध्यौँ । उहाँले हाँस्दै जवाफ दिनुभयो–ट्रक ।
“सानैदेखि भारी बोक्ने काम गरियो, आफ्नै गाउँघरदेखि भारी बोकेर हिँड्ने बाटो आसपासका मानिसले पनि यतिकैमा ट्रक भनेर बोलाउन थाले, अहिले ट्रकभन्दा सबैले चिन्छन्”, उहाँले भन्नुभयो । निम्न आयस्तर भएका परिवारमा जन्मिनुभएका भक्तबहादुरले नौ वर्षको उमेरदेखि भारी बोक्न शुरु गर्नुभयो । “बाबुबाजेले खेती किसान गर्ने, भारी बोक्ने काम गर्थे, पढ्न लेख्न पाइँदैनथ्यो, नौ वर्षको हुँदादेखि भारी बोकेको हुँ”, उहाँले भन्नुभयो । उमेरले अहिले ६३ वर्ष पार गर्न लाग्नुभएका भक्तबहादुरले भारी बोकेर लामो बाटो हिँड्दाका दुःखकष्टदेखि पारिश्रमिक नपाएका गुनासा एकाएक गर्दै सुनाउनुभयो ।
कुनै समयमा दिनको एक पाथी अन्न लिएर भारी बोकेको स्मरण गर्दै उहाँले भन्नुभयो, “दिनको एक पाथी अन्न लिनेदिने सर्तमा १४ दिनसम्म लगातार भारी बोक्नुपथ्र्यो, पछिपछि पैसा लिएर बोक्न थालियो, तर कतिले ठगे ठगे हिसाब छैन ।” उहाँका अनुसार यातायातको पहुँच नहुँदा विराटनगरको जोगवनीदेखि ताप्लेजुङसम्म नून, तेललगायत सामान ढाकरमा नाम्लो लाएर बोक्नुपथ्र्यो । जोगवनीदेखि भारी बोकेर ताप्लेजुङ आइपुग्न १४ दिनसम्म लाग्थ्यो । जोगवनीदेखि धरान, वसन्तपुर, गुफा हुँदै ताप्लेजुङसम्म हिँडेर आइपुग्नुपथ्र्यो । बाक्लो बस्ती नहुँदाको समयमा पाटी पौवा र ओढारमा बास हुन्थ्यो । दिनमा तोक्मा र रातमा मट्टितेलबाट बालिने टुकी (बत्ती) को साथ हुन्थ्यो ।
सानो छँदा अरुको साथमा हिँड्ने भक्तबहादुर अलि ठूलो हुँदै गएपछि एक्लैएक्लै पनि हिँड्न थाल्नुभयो । “सानो छँदा १० किलो बोकेर हिँडेको याद छ, अरु पनि साथी हुन्थे, अलि पछि एक्लैएक्लै हुन थालियो, धेरैले त त्यसबेलादेखि नै भारी बोक्न छाडेछन्, अरु काममा लागे, मेरो चाहिँ भारी बोक्ने काम लगातार भयो”, उहाँले भन्नुभयो । एक दिन एक्लै हिँड्दा खैरेनीस्थित तमोरको किनारमा बाढीले बगाएर ल्याएको काठको मुढा माथी भारी अड्याउन खोज्दा अचानक खसेर तमोरमा डुबेको दुःखदायी क्षण घरीघरी सम्झनामा आउने गरेको पनि उहाँले सुनाउनुभयो ।
“धेरै अघिको कुरा हो, ढाकरसँगै तमोर नदीमा डुबेको थिए, कसोकसो गरेर निस्किएँ, त्यसबेला पनि दुःख धेरै थिए, भारी बोक्दा अझै पनि दुःख छ, तर पनि ढाकर र तोक्मा छाड्ने दिन कहिल्यै आएनन्, अहिले पनि भारी नै बोकेर गुजारा चलाउँछु”, उहाँले भन्नुभयो । उमेर छँदा ९६ किलोसम्मको भारी बोक्ने भक्तबहादुर अहिले पनि ५० किलोसम्मका भारी बोक्नुहुन्छ । समयसँगै पहाडी क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा भारी बोकेर हिँड्ने दूरी साँघुरिँदै गयो । उमेरमा धरानदेखि ताप्लेजुङसम्म ९६ किलोसम्म बोकेको उहाँले बताउनुभयो । अहिले भक्तबहादुरको ढाकरसँग हिँड्ने दूरी साँघुरियो, भारी बोकेको अवधि फराकिलो हुँदै गयो । तर भारी बोकेर उहाँको जीवनमा कुनै ठूलो परिवर्तन आएन । सामान्य घर खर्च र परिवार पाल्नेबाहेक कुनै उपलब्धि नभएको उहाँको भनाइ छ ।
“खासै केहि गरिएन, दुई जना छोरा र चार बहिनी छोरी छन्, माइली अहिले कक्षा ११ मा पढ्दै छ, उसैलाई पढ्ने खर्च चाहिन्छ, घरमा खान लाउन चाहिन्छ, कमाएको पैसा त्यतिकैमा सकिन्छ”, उहाँले भन्नुभयो । करिब ५० वर्ष बढी भारी बोकेर धेरै सम्पत्ति नजोडे पनि घरपरिवार पाल्न सकेकामा भने आफूलाई सफल ठान्नुहुन्छ, भक्तबहादुर । गाउँगाउँमा यातायात पुगेसँगै पहिले जस्तो नियमित भारी बोक्ने काम कमै पाइन्छ । करिब सात÷आठ वर्षअघिसम्म पाँचथरको थर्पुदेखि ताप्लेजुङको गाउँगाउँसम्म भरियाको लाइन देखिन्थ्यो । अहिले गाउँमै सवारी साधन पुग्ने र कतै खच्चडले भारी बोक्न थालेपछि भरिया विस्थापित जस्तै बनेका छन् । कहिलेकाहीँ अलँैची ओसार्ने, साहुकोबाट कुनै घरसम्म चामललगायत सामान ओसार्ने जस्ता काम पाउने गरेको भक्तबहादुरले बताउनुभयो ।
उहाँजस्तै अरु थुप्रै भरियाले आजकल काम पाउन छाडेका छन् । सामान्य काम पाउने गरे पनि पछिल्लो समयमा सङ्क्रमणका कारण लामो समयसम्म भएको बन्दाबन्दीले पनि भरियालाई समस्या छ । रासस
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म