
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गर्न भन्सार कर्मचारीहरूसँग मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले यो मुद्दामा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, सुबेन्द्र श्रेष्ठ, नासु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेललाई समेत प्रतिवादी बनाएको छ । यस्तै, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापालगायतलाई पनि मुद्दा चलाइएको छ ।
विदेशी नागरिकहरूमा चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ, बेल्जियमका दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ समेत यस प्रकरणमा मुछिएका छन् । साथै, डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारको आरोपअनुसार, १० पुस २०७९ मा फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेसमा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) ल्याएका थिए । ती भेपभित्र ८ किलो ४८० ग्राम सुन लुकाएर तस्करी गरिएको थियो । शंकास्पद सामानलाई भौतिक जाँच गर्नुपर्नेमा भन्सार कर्मचारीहरूले तस्करहरूसँगको मिलेमतोमा कुनै चेकजाँच नै नगरी छाडेको अख्तियारले जनाएको छ ।
बरामद भएको सामानलाई गोदाममा सुरक्षित राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको, तस्करी समूहका व्यक्तिहरूसँग अस्वाभाविक भेटघाट र फोन सम्पर्क गरिएको तथा करिब १९ दिनसम्म भन्सारमा रोकेर मात्र मुद्दा तथा लिलामी शाखामा पठाइएको आरोप छ । पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभी कभरेज नभएको ठाउँमा सामान सारिएको पनि अख्तियारको दाबी छ ।
यो तस्करी प्रकरणमा ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबरको हिनामिना भएको अख्तियारले जनाएको छ । अख्तियारले भन्सार कर्मचारीहरूलाई मुख्य भ्रष्टाचारकर्ताको रूपमा र पूर्वसभामुख महरा, उनका छोरा राहुललगायतलाई मतियार (सहयोगी) को रूपमा आरोप लगाएको छ ।
यो मुद्दा विशेष अदालतमा दायर भइसकेको छ । पूर्वसभामुख महरा र उनका छोरालाई उच्च राजनीतिक पदमा रहेर पनि राज्यको राजस्व छलेर तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको छ । यो प्रकरणले भन्सार प्रशासनमा रहेको कमजोरी र उच्च तहको संलग्नता उजागर गरेको छ ।
अख्तियारको यो कदमले सुन तस्करीविरुद्धको अभियानलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ । मुद्दाको पूर्ण विवरण र अदालती प्रक्रिया अघि बढ्दै जाँदा थप तथ्यहरू बाहिर आउने देखिन्छ ।