
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश स्वीकृत गर्नुभएको हो ।
राष्ट्रपतिबाट जारी भएको यो हालैको तेस्रो अध्यादेश हो, यसअघि सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेको छ । यस अध्यादेशले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यक्षेत्र र अधिकारमा महत्त्वपूर्ण कानुनी परिवर्तन ल्याएको छ ।
मुख्यतया भन्सार तथा राजस्व छली, बिमा, धितोपत्र र विदेशी विनिमय लगायतका वित्तीय अपराधसँग जोडिएका कसुरमा अनुसन्धान गर्ने अधिकार अब पुनः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फिर्ता भएको छ । स्मरण रहोस्, २०८० सालको चैतमा तत्कालीन सरकारले ऐन संशोधन गरी विभागको यो अधिकार कटौती गरेको थियो, जसका कारण विभागमा उजुरी परे पनि अनुसन्धानका लागि अन्य निकायमा पठाउनुपर्ने बाध्यता सिर्जना भएको थियो । अब अध्यादेशमार्फत विभागले उल्लेखित कसुरहरूमा ’मूल अपराध’ मानेर सुरुवाती अनुसन्धान गर्न पाउने बाटो खुलेको छ ।
यो अध्यादेश ल्याउनुको प्रमुख रणनीतिक लक्ष्य नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय जगतको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु रहेको छ । मुलुकलाई सो सूचीबाट मुक्त गर्न वित्तीय अपराधको नियन्त्रण र अनुसन्धानमा थप कडाइ गर्नुपर्ने आवश्यकता महसुस गर्दै सरकारले विभागको क्षमता विस्तार र अधिकार वृद्धि गर्ने निर्णय गरेको हो । यस नयाँ व्यवस्थासँगै अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीका अतिरिक्त सम्पत्ति शुद्धीकरण विभागले पनि ती क्षेत्रगत कसुरहरूमा स्वतन्त्र रूपमा अनुसन्धानको नेतृत्व गर्न सक्नेछन् ।
सरकारले हालसम्म कुल आठवटा अध्यादेश सिफारिस गरेकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशसहित अन्य पाँचवटा अध्यादेश हाल राष्ट्रपतिको कार्यालयमा परामर्शको चरणमा रहेका छन् । वित्तीय अपराधको अनुसन्धान प्रक्रियालाई थप छरितो र प्रभावकारी बनाउन विभागलाई दिइएको यो अधिकारले आगामी दिनमा सुशासन र कानुनी कारबाहीमा कस्तो प्रभाव पार्छ, त्यो चासोको विषय बनेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा