
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
पोखरा, २४ वैशाख । विगत २० वर्षदेखि नेपाललाई आफ्नो गन्तव्य बनाउँदै आएका ७० वर्षीय जर्मन नागरिक पिटरमाथि नाबालकमाथि ‘अप्राकृतिक मैथुन’ गरेको भन्दैं गम्भीर बालयौनजन्य हिंसा गरेको आरोप लागेको छ।
पर्यटक भिसामा नेपाल आएका पिटरले बालकहरूलाई जर्मनी लैजाने र शैक्षिक सहयोग गर्ने आवरणमा यौनजन्य हिंसा गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि यस घटनाले नयाँ मोड लिएको छ।
यस घटनामा पोखरा लेकसाईडस्थित एक होटलका जनरल म्यानेजर (जीएम) पदम न्यौपानेको पनि संलग्नता देखिएको छ । पदमले नै पिटरका लागि बालकहरू मिलाइदिने, उनीहरूलाई होटलसम्म ल्याउने र बस्ने व्यवस्था मिलाउने गरेको आरोप लागेको छ।

होटल क्राउन हिमालयनका जनरल म्यानेजर (जीएम) पदम न्यौपाने
न्यौपानेले काम गर्ने होटलहरुमा विगतदेखि नैं यस्तै धन्दा गर्दै आईरहेको उजुरीमा उल्लेख विषय र पिटरसँगको उनको अस्वभाविक सम्बन्धले झन् शंकाको दायरालाई फराकिलो बनाउँदैं लगिरहेको छ ।
पिटर र पदमबीचको लामो समयदेखिको निकटता र कार्यशैलीले गर्दा यो संगठित अपराध हुन सक्ने आधारहरू देखिएका छन्। प्रहरीले होटलका कोठाहरूमा बालकलाई राखी अप्राकृतिक मैथुन गराउन न्यौपानेले नै वातावरण मिलाइदिएको विषयमा अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ । यो आरोपका सम्बन्धमा न्यौपानेसँग थप वास्तविकता बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यद्यपि, पिटरले भने आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका छन्। उनले पीडित भनिएका नाबालकसँग आफ्नो सम्बन्ध ‘हजुरबुबा र नाति’को जस्तो स्नेहपूर्ण रहेको र कुनै पनि यौनजन्य कार्य नगरेको जिकिर गर्दै आईरहेका छन् ।
जाहेरीमा होटलको कोठामा मदिरा खुवाएर अश्लील भिडियो देखाउँदै यौनशोषण गरेको उल्लेख छ। तर, पिटरले भने बालक आफूसँग पैसा माग्न मात्र होटल आउने गरेको र उल्टै बालकले नै मोबाइलमा अश्लील क्रियाकलाप गर्ने गरेको आरोप लगाएका छन्।
अनुसन्धानका क्रममा पिटरले नेपाली बालकहरूलाई जर्मनी लैजाने गरेको खुलेको छ। सन् २०२५ सेप्टेम्बरमा उनले ती नाबालकलाई जर्मनी लगेर ७ हप्ता राखेका थिए। त्यहाँ ‘होमवल्ड स्कुल’को भ्रमण गराएको र खेलकुद सिकाएको उनले बताएका छन्। यसअघि पनि उनले दुई युवालाई जर्मनी लगिसकेका छन्, जो अहिले त्यहीँ स्थापित छन्।
नेपालमा रहँदा उनले पोखराको श्री सृजना माध्यमिक विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा काम गरेको र बालकहरूको स्कुल शुल्क तिरिदिने गरेको भन्दै आफ्नो छवि ‘समाजसेवी’को रूपमा स्थापित गर्न खोजेको देखिन्छ।

७० वर्षीय जर्मन नागरिक पिटर
पछिल्लो पटक २० अप्रिल २०२६ मा नेपाल आएका पिटर पोखराका हिमालयन देउराली रिसोर्ट लगायतका स्थानमा बस्दै आएका थिए। होटलका कोठाहरूमा बालकहरूको अनियन्त्रित आवतजावत र होटल व्यवस्थापनको शंकास्पद भूमिकाले गर्दा यो घटनालाई ‘बाल यौन दुराचार’ र ‘मानव बेचबिखन’को कोणबाट प्रहरीले अनुसन्धान अघि बढाईरहेको छ ।
प्रहरीले अहिले पिटरको मोबाइल, होटलको सीसीटीभी फुटेज र विचौंलिया तथा सहयोगी पदम न्यौपानेसँगको सम्बन्धबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ। ‘परोपकार’को नाममा विदेशी नागरिकबाट हुने यस्ता गतिविधिले पोखराको पर्यटन र बाल सुरक्षामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन