
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन ।
बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु १२ लाखभन्दा बढी थापाको हातमा पर्छ तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक रु १२ लाखले ऐयासी र घमण्डी बनाएन । बरु उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।
थापाले दुई वर्षअघि रहरैरहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले अहिले उहाँलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो । थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गर्नुभएको छ । अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । उहाँको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।
“मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ”, थापाले भन्नुभयो, “अरुको देखेर रहरैरहरले शुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ ।” थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको शुरुआत गरेका छन् । थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ । थापा भन्नुहुन्छ, “मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ ।”
दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् । स्थानीय हरिप्रसाद शर्मा भन्नुहुन्छ, “अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा धु्रवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ ।”
सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । रासस
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई