News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २९ भदौँ । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) लाभांश दिने निर्णय गरेको छ।
शुक्रबार अपरान्ह बसेको बैंकको सञ्चालक समितिको ५६४ औं बैठकले यस्तो निर्णय गरेको हो। बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।

बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने जनाएको छ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले देशका सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।