
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
मकवानपुर, ३१ भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको भयानक गाडी दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्।
इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडक खण्डमा मङ्गलवार दिउँसो करिब २ बजे यो दुर्घटना भएको हो। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७२० नम्बरको यात्रुबाहक गाडी अनियन्त्रित भई सडकबाट करिब १ हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको गाडीमा चालकसहित कुल ८ जना सवार रहेका थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने उद्धारकार्यका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको थियो।
उद्धार टोलीले दुर्घटनामा परी घाइते भएका २ महिला र २ पुरुषसहित ४ जनालाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको छ।
घटनास्थलमै ज्यान गुमाएका ४ जनाको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकहरूको सनाखत गर्ने काम भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।