
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, १४ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्का इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिको घेराभन्दा माथि उठेर आआफ्नो प्राविधिक विज्ञता र व्यावसायिक दक्षतालाई देशको दीर्घकालीन विकासमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विशेष भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री शाहले नीतिनिर्माणको तहमा रहेका प्राविधिक सांसदहरूलाई देश रूपान्तरणका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्न आह्वान गरेका हुन् ।
‘तपाईंहरू आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’- प्रधानमन्त्री बालेन्द्र शाह
निर्वाचन वा राजनीतिक गतिविधिका समयमा दलगत सक्रियता स्वाभाविक भए पनि संसद्मा प्रतिनिधित्व गर्ने प्राविधिक जनशक्तिले अन्य समयमा व्यक्तिप्रधान वा राजनीतिक खिचातानीभन्दा दीर्घकालीन नीति, प्रणाली र नवीन सोच (आइडिया)मा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकतामा राखेर अघि बढेमा मात्रै मुलुकको विकासले सही गति लिने उनको भनाइ थियो।
छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘असाधारण’ (एक्स्ट्राअर्डिनरी) प्रतिभाको संज्ञा दिँदै प्रधानमन्त्री शाहले त्यस्ता व्यक्तिहरूले सामान्य घटना वा व्यक्ति केन्द्रित भएर समय नष्ट गर्नुको सट्टा सदैव नयाँ विचार र सृजनात्मक काममा ध्यान दिने धारणा व्यक्त गरे । यही किसिमको कार्यशैली र सोच अपनाइएमा आगामी पाँच वर्षभित्रै मुलुकको मुहार फेर्न सकिने उनको विश्वास छ।
उक्त अन्तरक्रियात्मक बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत संसद्मा प्रतिनिधित्व गर्ने तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा। राम लामा लगायत इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति रहेको थियो।