
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले फेवातालमा मिसिने फिर्के खोलालाई अतिक्रमणमुक्त गरी प्राकृतिक बहाव कायम राख्न खोलाघरभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान पुनः सुरु गरेको छ। ५ महिनाअघि आंशिक रूपमा रोकिएको यो अभियानअन्तर्गत बिहीबारदेखि डोजर लगाएर पूर्ण रूपमा संरचना हटाउन थालिएको हो।
महानगरपालिकाले यसअघि गत जेठ १० गतेदेखि फिर्के खोलाका मापदण्ड विपरीतका संरचना हटाउने कार्यको थालनी गरेको थियो। केही संरचना हटाएपछि स्थानीय घरधनी तथा सङ्घ-संस्थाहरूले आफैँ संरचना हटाउने प्रतिबद्धता जनाउँदै समय मागेका थिए। तोकिएको सीमा, वर्षायाम र विभिन्न प्राकृतिक आपत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै महानगरले थप समय उपलब्ध गराए पनि अधिकांशले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए।
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलामा गरिएको नापजाँच अनुसार स्थायी र अस्थायी गरी कुल १६० वटा अवैध संरचना रहेका छन्। यसअघि पहिलो चरणमा १०२ वटा संरचना हटिसकेका छन्। बाँकी रहेका ५८ वटा संरचना हटाउने क्रममा दोस्रो चरणको पहिलो दिन बिहीबार ६ वटा संरचना भत्काइएको महानगरले जनाएको छ।
लामो कानुनी तथा प्रशासनिक प्रक्रिया र अदालतको आदेशसमेतको पालना गरेरै खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित पोखरा निर्माणका लागि यो कदम चालिएको महानगरपालिकाको भनाई छ । ‘माइकिङमार्फत सूचना जारी गर्दा र स्वेच्छाले हटाउन पर्याप्त समय दिँदा पनि नहटाइएकाले संरचना हटाउने कार्यलाई निरन्तरता दिनुपरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रतिक्रिया छ ।
महानगरको यस कदमप्रति नागरिक समाजले स्वागत गरेको छ। नागरिक समाज पोखराका संस्थापक संयोजक तथा अभियन्ता रामबहादुर पौडेलले खोलाघर खाली गर्ने अभियान सुरु भएकामा खुसी व्यक्त गर्दै अब यसलाई अधुरो छाड्न नहुने बताए। उनले खोलाघरका संरचना पूर्ण रूपमा खाली गरेपछि महानगरले दोस्रो चरणमा मुआब्जा वितरण र खोलाका दायाँबायाँ फुटट्र्याक तथा साइकल लेन सहितको ’फिर्के करिडोर’ निर्माणमा तुरुन्त लाग्नुपर्ने सुझाव दिए। साथै, फिर्के करिडोरको काम पूर्ण रूपमा सम्पन्न भएमा मेयर धनराज आचार्यसहित सम्बन्धित वडाका अध्यक्षहरूलाई सार्वजनिक समारोहमा सम्मान गर्ने उनले घोषणा गरे।
महानगरपालिकाले यो सफाइ अभियान सम्पन्न भएपछि ’फिर्के परियोजना’ सञ्चालन गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ। यस परियोजनाअन्तर्गत खोला करिडोर निर्माण, हरियाली प्रवद्र्धन र यस क्षेत्रलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
साबिकको ग्यारजातीदेखि सराङकोट हुँदै हाल पोखरा महानगरपालिकाका विभिन्न ८ वटा वडा भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ। प्राविधिक नापजाँचका क्रममा यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पाइएको छ भने यसको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएका छन्।