
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, २६ भदौ । चर्चित सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको बचत अपचलन तथा ठगी प्रकरणमा मुख्य योजनाकार एवं पूर्वसञ्चालक इच्छाराज तामाङलाई अदालतले ५ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराधको कसुरमा तामाङसहित अन्य प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय निर्धारण गरेको हो।
यसअघि भदौ ११ गतेको इजलासले प्रतिवादीहरूलाई कसुर ठहर गरेको थियो भने बिहीबार सजायको फैसला सुनाइएको हो। अदालतले मुख्य आरोपी तामाङलाई ५ वर्ष ६ महिना कैदका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। यस सहकारी ठगी र संगठित अपराधको प्रकरणमा कूल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो कायम गरिएको छ। अदालतले सो सम्पूर्ण बिगो दामासाहीका आधारमा भाग गरी असुलउपर गर्न आदेश दिएको छ।
फैसला अनुसार तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने सोही सजाय लालकाजी गुरूङलाई पनि सुनाइएको छ। यसैगरी, यस मुद्दामा संलग्न अन्य प्रतिवादीहरूलाई समेत विभिन्न सजाय निर्धारण गरिएको छ। केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
त्यस्तै, दानहिरा तुलाधरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ। दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान र मुकुन्दप्रसाद नेउपानेलाई जनही ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दामा २०८० माघ २१ गते नै इच्छाराज तामाङलाई दोषी ठहर गरिसकेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई तीन वर्ष कैद र एक करोड ७२ रुपैयाँभन्दा बढी रकम जरिवानाको फैसला सुनाएको थियो।