
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ३० भदौं । समाचार सम्प्रेषणको विषयलाई लिएर मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकालीमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति प्रेस जगत् गम्भीर बनेको छ । ‘छेतेन गुरुङ’ नामक ह्वाट्सएप प्रयोगकर्तामार्फत पत्रकार थकालीलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिइएको हो । पछिल्लो समय उनले नेपाल-चीन सीमानास्थित कोरोला नाकामा कन्टेनर सन्दर्भलाई समेटेर समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई जोडेर आफूलाई धम्की आएको पत्रकार थकालीले जानकारी दिएका छन् ।
घटनालगत्तै नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले यस विषयलाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कारबाही र पत्रकारको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय, मुस्ताङमा औपचारिक निवेदन दर्ता गराएको छ । महासंघका शाखा अध्यक्ष सुनदेवी रसाइली र सचिव आदित्य रसाइलीद्वारा संयुक्तरुपमा सोमबार डीएसपी रामचन्द्र तिवारीसमक्ष सो निवेदन पेस गरिएको हो । उक्त निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय मुस्ताङ, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा गण्डकी प्रदेश समितिमा समेत पठाइएको छ ।
पत्रकार महासंघले भौगोलिक रूपमा सुदूर र हिमाली क्षेत्रको असहज परिस्थितिमा रहेर स्वतन्त्र पत्रकारिता अभ्यास गरिरहेका श्रमजीवी पत्रकारको भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न राज्यका निकायहरूसँग जोडदार माग गरेको छ । महासंघले घटनाको निष्पक्ष छानबिन गरी डिजिटल माध्यमबाट हुने यस प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
यसैबीच, पत्रकार थकालीले पनि सुरक्षाको माग गर्दै सोमबार नै जिल्ला प्रहरी कार्यालयमार्फत नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा समेत छुट्टै उजुरी दर्ता गराएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का मुस्ताङ संवाददाता तथा ‘इमुस्ताङन्युज’ अनलाइन पोर्टलका सञ्चालक थकाली नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा विगत १२ वर्षदेखि निरन्तर र व्यावसायिक पत्रकारितामा सक्रिय थकालीमाथि भएको यस प्रकारको धम्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर लागेको भन्दै विभिन्न संघ–संस्थाहरूले समेत भत्र्सना गरेका छन् ।