
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २० माघ । सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिा गर्ने म्याग्दीका एमाले नेता राजकुमार थापा आज आइतबार विहान भर्खरमात्र पक्राउ परेका छन् । एमालेका नेताहरु मिलेर म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेका थिए ।
एमाले नेतृत्वको सरकार भएका कारण ८ महिना अघि सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेर दोषी किटानी गर्दा समेत आजसम्म कारवाही हुन सकेको थिएन । व्यापक जनदवाव र खबरदारी पश्चात् बल्ल बल्ल कारवाही प्रक्रिया अघि बढे पनि ठगीमा संलग्न एमाले नेताहरुलाई स्थानीय प्रहरी प्रशासनले नै भगाउन सक्ने आशंका सहकारी पीडित बचतकर्ताहरुले गरेका छन् ।
म्याग्दी जिल्ला समन्वय समिति प्रमुख समेत रहेका एमाले नेता राजकुमार थापाको नेतृत्वमा सर्वसाधारणको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो ।
०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । १ सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।
प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।
थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले ५ करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले गरेको आम्दानी नदेखाएरसमेत रकम हिनामिना गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिमा रहेकाहरूले परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेका छन् । सहकारीमा देशमै सबैभन्दा बढी ब्याजदर पाइने हल्ला चलाएर एक जनाकै ५० लाखभन्दा बढी निक्षेप राखेर हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । ४३ सय ८६ बचतकर्ता रहेको कुमारी सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् । सेयर सदस्यहरू रकम हिनामिनामा संलग्नहरूकै पारिवारिक व्यक्ति मात्र रहेका छन् ।
वित्तीय विश्लेषक गौतमले गत असार पहिलो साता छानबिन प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि अनुसन्धान अघि नबढाइएको बचतकर्ताको गुनासो छ । सहकारीबाट बिनाधितो रकम झिकेर खरिद गरिएका जग्गा रोक्का गरेर अदालतमा मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै