
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २ असोज । पोखरा-१८ स्थित सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण भएको प्रहरी चौकी औपचारिक रूपमा सञ्चालनमा आएको छ।
कुल २ करोड ४० लाख ४५ हजार ९८३ रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त चौकी भवनको उद्घाटन गरिएको हो। २०८१ असार २३ गते निर्माण सम्झौता भई तोकिएको समयमै कार्य सम्पन्न भएको योजनाअन्तर्गत कार्यालय भवन, मेस भवन, शौचालय, प्रतीक्षालय, गेट र पेरिमिटर पर्खाल निर्माण गरिएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सराङकोट क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी चौकीको भूमिका महत्वपूर्ण हुने बताए। उनले प्याराग्लाइडिङ, केवलकार, धार्मिकस्थल तथा होटल–रेस्टुरेन्ट सञ्चालन भइरहेको यस क्षेत्रमा चौकीले शान्तिसुरक्षा सुदृढ बनाउने विश्वास व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले स्थानीयको सहयोगमा भवन निर्माण सफल भएको उल्लेख गर्दै सराङकोट तथा आसपासका क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधि र स्थानीय बासिन्दाको सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न प्रहरी सक्रिय रहने बताए। यो चौकी सञ्चालनले सराङकोट क्षेत्रमा प्रहरी सेवा अझ प्रभावकारी र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।