
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, १६ असोज । म्यादी प्रहरीका लागि पोशाक (कपडा) खरिद प्रक्रियामा अनियमितता भएको जनगुनासो र उजुरी बढेपछि आईजीपी दानबहादुर कार्कीसहितको संलग्नताका विषयमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले गम्भीर चासो देखाएको छ। । समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय विशेष अध्ययन समिति गठन गरेको छ।
गठित समितिका सदस्यहरूमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्। लेखा समितिले यस अध्ययन टोलीलाई दुई महिनाभित्र सम्पूर्ण कागजात तथा प्रक्रियाको अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न समयसीमा तोकेको छ।
म्यादी प्रहरीको युनिफर्म खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै रास्वपा सांसद खगेन्द्र सुनारले यसअघि संसद् र लेखा समितिका बैठकहरूमा निरन्तर आवाज उठाउँदै आएका थिए। खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरू १५ दिनभित्र उपलब्ध गराउन माग गरिए पनि फाइल प्राप्त भए नभएको जानकारी समिति सदस्यहरूलाई समेत नदिइएको भन्दै उनले बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए। यसअघि यसै विषयमा नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले समेत समितिमा उपस्थित भएर स्पष्टीकरण दिएका थिए।
यद्यपि, अध्ययन समिति गठन गर्ने विषयमा भने सांसदहरूबीच केही मतभेद र बहस देखिएको थियो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले कुनै पनि पूर्वपूर्वाग्रह नराखी तथ्य र प्रमाणका आधारमा मात्र अघि बढ्नुपर्ने धारणा राखिन्। उनले सामाजिक सञ्जालमा आएका कुरालाई मात्र आधार बनाएर हतारमा छानबिन समिति बनाउँदा प्रहरी संगठनको मनोबल र गरिमामा आँच आउन सक्ने चेतावनी दिइन्। प्रहरी महानिरीक्षकहरूले यसअघि राखेका धारणा र आधिकारिक प्रतिवेदनको अध्ययन गरेर मात्र थप निष्कर्षमा पुग्नुपर्ने उनको तर्क थियो।
त्यस्तै, नेकपा (एमाले) का सांसद ऐन महरले नेपाल प्रहरीजस्तो गरिमामय संस्थामाथि प्रश्न उठेपछि त्यसलाई अनुत्तरित छोड्न नहुने बताए। उठेका प्रश्नहरूको सत्यतथ्य निरूपण गर्न समिति गठनको प्रस्ताव समय-सान्दर्भिक रहेको भन्दै उनले यसले साझा दृष्टिकोण बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे। समितिले अब खरिद प्रक्रियाका सबै पक्षको सूक्ष्म अध्ययन गरेर आगामी दुई महिनाभित्र आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ।