
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
दोधारा चाँदनी(कञ्चनपुर), ५ कात्तिक । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन । आरक्षपीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ तर विस्थापितको समस्या समाधान हुन भने सकेको छैन ।
सरकारले गत असोज २ गते विस्थापितको समस्या समाधानका लागि उच्च अदालतका पूर्वन्यायधीश जयानन्द पनेरुको संयोजकत्वमा छ सदस्यीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेको छ । तर विस्थापित आफूहरु पुनःस्थापना हुनेमा विश्वस्त भने छैनन् ।
ढक्का शिविरमा बस्दै आउनुभएका सरेराम लोहारको रौतेली बिचवामा अढाइ बिघा जमिन थियो । विसं २०३८ मा बैतडीबाट बसाइँ सरी कञ्चनपुरको रौतेलीविचवा आएका लोहार विस्थापित भएपछि निकुञ्जको मुख्य क्षेत्रको ढक्का शिविरमा बसोबास गर्दै आउनुभएको छ ।
“हामीलाई त सरकारले घरबारविहीन बनाएको हो, २३ वर्ष भयो अहिलेसम्म न्याय पाएनाँै”, लोहारले भन्नुभयो, “जङ्गलको बास छ,उज्यालो छैन खेती गर्न पनि आरक्षको अनुमतिबिना खनजोत गर्न पाइदैन ।”
उहाँले विस्थापितको पुनःस्थापनाका लागि सरकारले आयोग मात्रै बनाउने गरेको बताउँदै पुनःस्थापना हुने आशा पनि मरिसकेको बताउनुभयो । “आयोग मात्रै बन्छन् हाम्रो दुःख कसैले सुनिदिएन”, उहाँले भन्नुभयो, “नेताहरु आउँछन् आश्वासन मात्रै दिएर जान्छन् राज्यले हामीलाई नागरिकको जस्तो व्यवहार गरेन ।”
सरकारले हाल गठन गरेको आयोग ३३आँै हो । विस्थापितहरु भने पुनःस्थापना हुनेमा ढुक्क छैनन् । “जति आयोग बने पनि हाम्रा पीडा हामीसँगै छन् सरकारले २३ वर्षसम्म हाम्रा पीडा सुनेन्”, ढक्का शिविरमा बस्दै आउनुभएका प्रेमबहादुर कार्कीले भन्नुभयो, “नेता आउँछन, आयोगका अध्यक्ष आउँछन् आश्वासन मात्रै दिएर जान्छन् हाम्रा समस्या समाधान कहिले भएनन् ।”
शिविरमा जङ्गली जनावरको भयमा बस्नु परेको उहाँले दुःखेसो गर्नुभयो । “बालबालिकालाई पढाउन विद्यालय छैन बस्ती अध्यारोमा छ राति हात्तीको बथान गाउँ पस्छ”, उहाँले भन्नुभयो–“सरकारले हामीलाई उठाएर दशकदेखि बिचल्ली बनाएको छ, तर सरकार हाम्रो पीडा कहिल्यै सुन्दैन”
पछिल्लो पटक राजेन्द्र सुवेदी नेतृत्वको आयोगले काम नै गर्न पाएन भने ठाकुरप्रसाद शर्माको नेतृत्वमा गठन भएको आयोगले विस्थापितको सङ्ख्या पहिचान गरेको थियो । शर्मा नेतृत्वको आयोगले एक हजार चार सय ८० विस्थापित परिवारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो ।
उक्त आयोगले विस्थापित परिवारलाई पुनःस्थापनाका लागि दुईदेखि तीन कठ्ठासम्म जमिन वा रु पाँच लाखसम्म दिन सिफारिस गरेको थियो । निकुञ्ज विस्थापित (ढाक्का शिविर) सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि पीडामा रहेको बनाउनुभयो ।
“आरक्षपीडित २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुनःस्थापना हुनसकेन”, भण्डारीले भन्नुभयो, “अहिले ३३औँ आयोग बनेको छ यसले हाम्रो पुनःस्थापना हुन्छ भन्नेमा आशावादी त छाँै ।”
न्यायिक आयोगका अध्यक्ष जयानन्द पनेरुले आयोगले काम सुरु गरिसकेको बताउनुभयो । “आयोगले काम सुरु गरेको तीन महिनाभित्र टुङ्गो लगाउने गरी म्याद तोकेको छ”, उहाँले भन्नुभयो, “अहिले राजनीतिक दलका पार्टी र पीडितसँग अनौपचारिक छलफल भइरहेको छ ।”
विस्थापित भएकामध्ये कतिपयको पुनःस्थापना भए पनि बाँकी रहेका हालसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०५८ सालमा सङ्कटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् ।
हाल विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् । निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास छ । त्यसैगरि कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार चार सय ७३ परिवार विस्थापित रहेका छन ।
तत्कालीन समयमा विस्थापितलाई भीमदत्त नगरपालिका १४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका १० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो । पुनःस्थापना हुन नसकेका अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन् ।
निकुञ्जभित्र बसोबास गरिरहेका पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरमा बाँच्नु परेको विस्थपित बताउँछन् ।
एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाएको थियो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ