
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
राजनीतिबाट टाढा रहेर न त समाज चल्छ, न त देश नैं । नेता भ्रष्ट भए भनिरहँदा कार्यकर्ताहरुले आफूलाई पनि हेर्नु पर्ने समय आईसकेको छ । समाजले जबसम्म दलाल, भ्रष्ट, तस्कर, विचौंलिया लगायतका अपराधिक मनोवृत्तिका पात्रहरुका विषयमा विरोध गर्न सक्दैन, तबसम्म यो देशमा सुशासनको कल्पना नगर्दा हुन्छ । जब हामी जनताहरु नैं भ्रष्टाचारीलाई नमस्ते गरिरहन्छौं, तबसम्म समाज भ्रष्टाचारमुक्त हुन सक्दैन । नक्कली भुटानी शरणार्थी काण्डले राजनीतिमा मौंलाएको दलाली र भ्रष्टाचारको खेललाई उदाङ्गो मात्र बनाएको छैन, समाजलाई सचेत पनि गराएको छ । यसबाट हामी सबैले पाठ सिक्न जरुरी छ ।
यतिबेलाको सरकारले भ्रष्टाचारीहरुलाई कारवाही गरिरहँदा उठिरहेका प्रश्नहरुले हाम्रो देश कहाँ पुगेको छ भन्ने तथ्यलाई छर्लङ्ग पारेको छ । भ्रष्टाचारका काण्डै काण्ड छन् । जसलाई नेताहरुले आआफ्ना स्वार्थ अनुरुप ढाकछोप गरिरहेका छन् । हुँदाहुँदैं एउटा दलको सरकारले भ्रष्टाचारको विषयलाई छानबिन गर्यो भने अर्को प्रतिपक्ष दलले फलानो भ्रष्टाचारको मुद्दा पनि खोलियोस् भनेर सदनमा आवाज उठाई रहेका दिनदिनैं सुनिएकै छ । वेथितिको पराकाष्ठा कहाँसम्म छ भन्ने तथ्य अहिलेको नक्कली भुटानी शरणार्थी काण्डले ल्याएको हलचललाई हेर्दा पनि प्रष्ट नै हुन्छ । यी भन्दा जटिल भ्रष्टाचारका मुद्दाहरु धेरै बाँकी छन् अनुसन्धान हुन । तर यतिबेला दलहरुले आफू जोगिन ५ बर्ष भन्दा बढि समय भ्रष्टाचारको विषयमा छानबिन हुन नपाउने भनेर कानुन बनाउँदै छन् । यसले प्रष्ट हुन्छ कि सदनमा भ्रष्टाचारीहरुको संख्या कति छ र भ्रष्टाचारको जरा कहाँ कहाँसम्म पुगेको छ भनेर ।
कुनै पनि दल यतिबेला भ्रष्टाचारको वाछिटोबाट जोगिन सकेको छैन । दल भित्रका भ्रष्ट नेता र कार्यकर्तालाई तत्कालै दलहरुले कारवाही गर्न सक्ने अवस्था नै छैन । यसरी भ्रष्टाचारका काण्डहरु छानबिन हुँदै गए भने एक एक गरेर भ्रष्ट पात्रहरु नाङ्गिदैं र कारवाहीको दायरामा आए भने समाजमा सुशासन कायम होला । नत्र सबै दलहरु भ्रष्टाचारको दलदलमा यसरी डुबेका छन् कि भ्रष्टाचारीलाई कारवाही गर्ने दम कुनै दलका नेताहरुसँग नै छैन । अहिले यो वा त्यो दल नै भनेर किटान गर्नुपर्ने अवस्था रहेन । सबै दलको हविगत आमजनताहरुले छर्लङ्ग देखिरहेका छन् । अब दलहरु भित्र रहेका इमान्दार नेता र कार्यकर्ताहरुले देश बनाउने र समाजलाई परिवर्तन गर्ने हो भने भ्रष्टाचारको मुद्दालाई इमान्दारिताका साथ उठाउन जरुरी छ । दलहरु भित्र भएका भ्रष्ट, तस्कर, माफिया, दलाल र विचौंलियाहरुलाई क्रमशः यसरी नैं कारवाहीको दायरामा ल्याउन सके दलहरुको विश्वसनीयता बढ्नेमात्र होइन देशमा सुशासनको अवस्थामा पनि सुदृढ हुने निश्चित छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ