
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्।
पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार फर्किएको छैन । नेकपा एमालेका नेता, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष एवम् ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीको टोली भदौं २४ गते राति कास्की कारागारबाट भागेको थियो । कास्की कारागारबाट भदौ २४ गते राति गिरीसहित भागेका ७७३ कैदीबन्दीमध्ये ४२८ जना मात्र फर्किएका छन्।
यीमध्ये १६ जना महिला कैदी छन्। तर, अझै ठूलो सङ्ख्यामा कैदीहरू फरार रहँदा समाजमा त्रासको वातावरण फैलिएको छ। कास्की कारागारबाट भागेका दुई चिनियाँ नागरिक अझै फरार छन्। एक अमेरिकी नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ भने एक क्यानेडियाली नागरिक र दुई भारतीय नागरिक स्वतःस्फूर्त रूपमा कारागार फर्किएका छन्।
तर, १० भारतीय नागरिकसहित सहकारी ठगी मुद्दाका २३ मध्ये १९ जना अझै सम्पर्कविहिन छन्। यीमध्ये नेकपा एमालेका राष्ट्रिय युवा सङ्घका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे फर्किएका छन् । तत्कालिन अवस्थामा नेकपा एमालेका कास्की जिल्ला सदस्य, एमाले वडा नं. २१ का ईञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरीलाई सहकारीको ४ करोड भन्दा बढि रकम हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चलिरहेको छ ।
जिल्ला न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दुई दिनको बहस पछि थुनामा पठाउने आदेश दिएको थिए । मित्रमिलन सहकारी ठगीमा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले २०८० फागुन १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
मित्रमिलन सहकारी ठगीमा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले २०८० फागुन १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । गिरीसहितको टोली यहीं भदौं २४ गते राती कारागारबाट फरार भएका थिए ।
भदौ २४ गते साँझ जेन–जी आन्दोलनको नाममा कारागारमा भएको आगजनी र तोडफोडको मौका छोपी कैदीहरू भागेका थिए। यो घटनालाई नियोजित रूपमा सञ्चालित भएको स्रोतले बताएको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई बाहिर निकाल्न आन्दोलनको फाइदा उठाइएको र त्यसै क्रममा देशभरका कारागारहरूमा कैदीहरू आन्दोलित भएको प्रहरीको भनाइ छ।

नेकपा एमालेका नेता एवम् पत्रकार अर्जुन गिरी, कानुनी व्यवसायी जनकल्याण पराजुली, पत्रकार विजय लम्सालसहितका टोले गुन्डाहरु मिलेर लुटिएको मित्र मिलन सहकारीका पीडितहरु न्यायालय अगाडि नाराबाजी गर्दै । फाईल तस्विर ।
कारागार प्रमुख राजेन्द्र शर्माले आगजनी र तोडफोडका बीच पनि कम्प्युटर प्रणाली सुरक्षित रहेकाले कैदीहरूको विवरण जोगिएको बताए। “यसले हामीलाई फरार कैदीहरूको खोजीमा सहज भएको छ,” उनले भने। भदौ २७ गतेदेखि केही कैदीहरू स्वतःस्फूर्त रूपमा फर्किन थालेका छन्। प्रशासनले असोज २० गतेसम्म फर्किन सूचना जारी गरेको छ। तोकिएको समयमा नफर्किए कारागार ऐन, २०७९ अनुसार कडा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल र लेखा समितिका अर्जुन गिरी, जो भदौं २४ गते कास्की कारागारबाट भागेका छन् ।
नेपाल प्रहरीले देशभरका १४ हजारभन्दा बढी फरार कैदी र थुनुवालाई सम्बन्धित प्रहरी कार्यालय वा कारागारमा फर्किन अनुरोध गरेको छ। प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले फरार कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेका छन्। कारागार व्यवस्थापन विभागले पनि परिवार, स्थानीय तह, सञ्चारमाध्यम र सुरक्षा निकायसँग सहकार्य गरेर फरार कैदीहरूलाई फर्काउन प्रयास गरिरहेको छ।
फरार कैदीहरूको खोजीमा प्रहरी र कारागार प्रशासन सक्रिय छ। केही कैदी फर्किए पनि ठूलो सङ्ख्यामा अपराधीहरू बाहिर रहँदा समाजमा असुरक्षा बढेको छ। कैदीहरु फरार भएसँगैं हत्या, चोरी र लुटपाटका घटना समेत बढेका छन् ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर