
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ ।
पोखरा महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट प्रक्रियामा देखिएको हतारो, त्रुटि र अव्यवस्थित कार्य सम्पादनको शैली देखेर आम पोखरेलीहरुमा निराशा छाएको छ । स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटजस्तो गम्भीर विषयलाई तयार पार्दा पर्याप्त छलफल, योजना र समन्वयको जरुरी हुन्छ । तर पोखरा महानगरले भने यो सबै विषयलाई बेवास्ता गरेर अन्तिम घडीमा हतार–हतार बजेट पेस गर्यो, जसले महानगरको नेतृत्व र प्रशासनप्रतिको गैरजिम्मेवारीपनालाई उदाङ्गो बनाईदिएको छ ।
बजेट पेस गर्नुअघि वडाध्यक्षहरूबीच सहमति जुटाउनै २ बजेसम्म कुर्नु परेको थियो । त्यसपछि नगर सभामा नीति तथा कार्यक्रम र बजेट एकैपटक पेस गरियो । यस्तो कामले प्रक्रिया मात्रै गडबड बनाएको छैन, महत्वपूर्ण विषय छुट्ने र मिल्दै नमिल्ने कुराहरू बजेट पुस्तिकामा देखिएका छन् ।
सबैभन्दा चित्त दुख्ने कुरा के हो भने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यबाट गायब भएको छ । जब नीति र बजेटमै तालमेल मिल्दैन भने जनताले बुझ्ने कुरा के रह्यो? कृषि जस्तो आधारभूत क्षेत्रलाई स्पष्ट रूपमा नदेखाइनु ठूलो कमजोरी हो । विभागका प्रमुखहरूले खर्च केन्द्रमा राखिएको तर्क गरे पनि, त्यो जनतालाई अल्मल्याउने कुरा मात्रै हो ।
अति विदेश भ्रमणमा गईरहने मेयर आचार्यले आगामी दिनमा आफ्ना यस्ता कमजोरीहरु नसच्याउने हो भने उनी ‘गफाडी मेयर’मा नैं सीमित हुने निश्चित छ ।
यति मात्रै होइन, बजेट ल्याउने दिन महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गाईजात्रा देखाउनुको मूख्य कारण उनिहरुको भोलिपल्ट सोमबारका दिन तय भएको चीन भ्रमण नैं प्रमुख कारण थियो । विदेश भ्रमणका कारण यति महत्वपूर्ण कामलाई प्राथमिकतामा नराख्नु गम्भीर लापरबाही हो । यसअघि पनि मेयर आचार्यको बारम्बार विदेश यात्रा प्रति आलोचना हुँदै आई रहेको थियो । यसपटक बजेट भाषण नैं वेवास्ता गर्दै गरिएको हर्कतले सिङ्गो पोखराले गलत जनप्रतिनिधि चुनेको आभाष भएको छ ।
वडास्तरमा बजेटको सिलिङबारे रस्साकस्सी हुनु, अन्तिम समयमा सहमति जुट्नु, र प्राथमिकता छुट्टै नभएको योजना देखिनु—यी सबैले राजनीतिक भागबण्डा हाबी भएको देखाउँछ । विकास योजना त नीति र तथ्यमा आधारित हुनुपर्ने हो, तर पोखराको बजेटमा चाहिँ आपसी बार्गेनिङ र सन्तुलनको खेल बढी देखियो ।
नीति तथा कार्यक्रममा नभएको कुरा बजेटमा आउनु, र भएका कुरा छुट्नु अर्को गम्भीर विसंगति हो । फोहोरमैला व्यवस्थापनजस्तो विषय नीति दस्तावेजमा छुटेको तर बजेटमा आएको देखिन्छ । यस्तो तालमेल नहुँदा कार्यान्वयनमै समस्या आउँछ नैं ।
पोखराको बजेटले योजना, समन्वय र पारदर्शितामा गम्भीर कमजोरी देखाएको छ । बजेट भनेको केवल रकमको हिसाबकिताब होइन, यो त जनताको आशा, अपेक्षा र विकासको मार्गचित्र हो । त्यसैले, महानगरले सिङ्गो पोखराको विकासको भविष्य निर्माण गर्दा सचेत र जिम्मेवार बनेर काम गर्नुपर्ने देखिएको छ । यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ ।
मेयर धनराज आचार्य यतिबेला केबल बुख्याँचामात्र भएका छन्, सिङ्गो पोखराको अभिभावक बन्न सकिरहेका छैनन् । अन्त्यमा, मेयरको विदेश भ्रमण भन्दा आमपोखरेलीहरुलाई यहाँको विकास र योजनासँग जोडिएको बजेट कार्यक्रम नैं महत्वपूर्ण हो । अति विदेश भ्रमणमा गईरहने मेयर आचार्यले आगामी दिनमा आफ्ना यस्ता कमजोरीहरु नसच्याउने हो भने उनी ‘गफाडी मेयर’मा नैं सीमित हुने निश्चित छ ।