
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ ।
पोखरा महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट प्रक्रियामा देखिएको हतारो, त्रुटि र अव्यवस्थित कार्य सम्पादनको शैली देखेर आम पोखरेलीहरुमा निराशा छाएको छ । स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटजस्तो गम्भीर विषयलाई तयार पार्दा पर्याप्त छलफल, योजना र समन्वयको जरुरी हुन्छ । तर पोखरा महानगरले भने यो सबै विषयलाई बेवास्ता गरेर अन्तिम घडीमा हतार–हतार बजेट पेस गर्यो, जसले महानगरको नेतृत्व र प्रशासनप्रतिको गैरजिम्मेवारीपनालाई उदाङ्गो बनाईदिएको छ ।
बजेट पेस गर्नुअघि वडाध्यक्षहरूबीच सहमति जुटाउनै २ बजेसम्म कुर्नु परेको थियो । त्यसपछि नगर सभामा नीति तथा कार्यक्रम र बजेट एकैपटक पेस गरियो । यस्तो कामले प्रक्रिया मात्रै गडबड बनाएको छैन, महत्वपूर्ण विषय छुट्ने र मिल्दै नमिल्ने कुराहरू बजेट पुस्तिकामा देखिएका छन् ।
सबैभन्दा चित्त दुख्ने कुरा के हो भने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यबाट गायब भएको छ । जब नीति र बजेटमै तालमेल मिल्दैन भने जनताले बुझ्ने कुरा के रह्यो? कृषि जस्तो आधारभूत क्षेत्रलाई स्पष्ट रूपमा नदेखाइनु ठूलो कमजोरी हो । विभागका प्रमुखहरूले खर्च केन्द्रमा राखिएको तर्क गरे पनि, त्यो जनतालाई अल्मल्याउने कुरा मात्रै हो ।
अति विदेश भ्रमणमा गईरहने मेयर आचार्यले आगामी दिनमा आफ्ना यस्ता कमजोरीहरु नसच्याउने हो भने उनी ‘गफाडी मेयर’मा नैं सीमित हुने निश्चित छ ।
यति मात्रै होइन, बजेट ल्याउने दिन महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गाईजात्रा देखाउनुको मूख्य कारण उनिहरुको भोलिपल्ट सोमबारका दिन तय भएको चीन भ्रमण नैं प्रमुख कारण थियो । विदेश भ्रमणका कारण यति महत्वपूर्ण कामलाई प्राथमिकतामा नराख्नु गम्भीर लापरबाही हो । यसअघि पनि मेयर आचार्यको बारम्बार विदेश यात्रा प्रति आलोचना हुँदै आई रहेको थियो । यसपटक बजेट भाषण नैं वेवास्ता गर्दै गरिएको हर्कतले सिङ्गो पोखराले गलत जनप्रतिनिधि चुनेको आभाष भएको छ ।
वडास्तरमा बजेटको सिलिङबारे रस्साकस्सी हुनु, अन्तिम समयमा सहमति जुट्नु, र प्राथमिकता छुट्टै नभएको योजना देखिनु—यी सबैले राजनीतिक भागबण्डा हाबी भएको देखाउँछ । विकास योजना त नीति र तथ्यमा आधारित हुनुपर्ने हो, तर पोखराको बजेटमा चाहिँ आपसी बार्गेनिङ र सन्तुलनको खेल बढी देखियो ।
नीति तथा कार्यक्रममा नभएको कुरा बजेटमा आउनु, र भएका कुरा छुट्नु अर्को गम्भीर विसंगति हो । फोहोरमैला व्यवस्थापनजस्तो विषय नीति दस्तावेजमा छुटेको तर बजेटमा आएको देखिन्छ । यस्तो तालमेल नहुँदा कार्यान्वयनमै समस्या आउँछ नैं ।
पोखराको बजेटले योजना, समन्वय र पारदर्शितामा गम्भीर कमजोरी देखाएको छ । बजेट भनेको केवल रकमको हिसाबकिताब होइन, यो त जनताको आशा, अपेक्षा र विकासको मार्गचित्र हो । त्यसैले, महानगरले सिङ्गो पोखराको विकासको भविष्य निर्माण गर्दा सचेत र जिम्मेवार बनेर काम गर्नुपर्ने देखिएको छ । यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ ।
मेयर धनराज आचार्य यतिबेला केबल बुख्याँचामात्र भएका छन्, सिङ्गो पोखराको अभिभावक बन्न सकिरहेका छैनन् । अन्त्यमा, मेयरको विदेश भ्रमण भन्दा आमपोखरेलीहरुलाई यहाँको विकास र योजनासँग जोडिएको बजेट कार्यक्रम नैं महत्वपूर्ण हो । अति विदेश भ्रमणमा गईरहने मेयर आचार्यले आगामी दिनमा आफ्ना यस्ता कमजोरीहरु नसच्याउने हो भने उनी ‘गफाडी मेयर’मा नैं सीमित हुने निश्चित छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर