
१ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
२सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
३नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
६न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
७डा. गोविन्द केसी पुन: आन्दोलनमा
८विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
९विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
१०प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
११न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
१२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ, ११ असोज । जेन-जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरूको विलासपूर्ण जीवनशैलीमाथि प्रश्न उठिरहेका बेला पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को महँगो घडी र उनकी छोरी गंगा दाहालको विलासी ब्यागको विषयले प्रवेश पाएको छ।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै प्रचण्डले प्रयोग गर्ने ६४ लाखको रोलेक्स घडी र गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोत र वैधानिकतामाथि प्रश्न उठाएका छन्। उनले पार्टीभित्र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गर्नुपर्ने बताउँदै मिडियामा आएका यस्ता समाचार गलत भए सम्बन्धित मिडिया र संसदमा यो मुद्दा उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न नेतृत्वलाई चुनौती दिए।
‘अध्यक्षको ६४ लाखको घडी र उनकी छोरीको २८ लाखको ब्यागको चर्चा लामो समयदेखि मिडियामा छ,’ पन्तको प्रस्तावमा उल्लेख छ, ‘यदि यो समाचार गलत हो भने तत्काल मिडिया र सांसद शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्नुपर्छ।’
पन्तले यस्ता महँगा सामग्री उपहारका रूपमा प्राप्त भए पनि व्यक्तिगत प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गरे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको महँगा उपहार बेचेर व्यक्तिगत लाभ लिएको घटनालाई उदाहरण दिँदै नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नको जवाफ आवश्यक रहेको बताए।
यसबाहेक, पन्तले पार्टी नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको २० अर्बको नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाब र विगत १८ वर्षमा प्रमुख मन्त्रालय सम्हालेका नेताहरूको सम्पत्ति छानबिनको माग पनि राखेका छन्।