
१झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
२मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
३अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
४सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
६पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
७पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
८मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
९पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१०फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
११शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
काठमाडौँ, ११ असोज । जेन-जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरूको विलासपूर्ण जीवनशैलीमाथि प्रश्न उठिरहेका बेला पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को महँगो घडी र उनकी छोरी गंगा दाहालको विलासी ब्यागको विषयले प्रवेश पाएको छ।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै प्रचण्डले प्रयोग गर्ने ६४ लाखको रोलेक्स घडी र गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोत र वैधानिकतामाथि प्रश्न उठाएका छन्। उनले पार्टीभित्र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गर्नुपर्ने बताउँदै मिडियामा आएका यस्ता समाचार गलत भए सम्बन्धित मिडिया र संसदमा यो मुद्दा उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न नेतृत्वलाई चुनौती दिए।
‘अध्यक्षको ६४ लाखको घडी र उनकी छोरीको २८ लाखको ब्यागको चर्चा लामो समयदेखि मिडियामा छ,’ पन्तको प्रस्तावमा उल्लेख छ, ‘यदि यो समाचार गलत हो भने तत्काल मिडिया र सांसद शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्नुपर्छ।’
पन्तले यस्ता महँगा सामग्री उपहारका रूपमा प्राप्त भए पनि व्यक्तिगत प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गरे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको महँगा उपहार बेचेर व्यक्तिगत लाभ लिएको घटनालाई उदाहरण दिँदै नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नको जवाफ आवश्यक रहेको बताए।
यसबाहेक, पन्तले पार्टी नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको २० अर्बको नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाब र विगत १८ वर्षमा प्रमुख मन्त्रालय सम्हालेका नेताहरूको सम्पत्ति छानबिनको माग पनि राखेका छन्।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने