
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
काठमाडौं, १३ असोज । सरकारले जेन–जी विद्रोहका घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गरेको छ। यी व्यक्तिहरूलाई अनुमतिबिना उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धानका लागि यी व्यक्तिहरूलाई आवश्यक परेमा जुनसुकै बेला उपस्थित हुनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए। उनले भने, “हामीले सरकारले दिएको कार्यादेशअनुसार काम गरिरहेका छौं। अनुसन्धानपछि उनीहरू निर्दोष पनि ठहर हुन सक्छन्।”
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा छापा मारेको छ। छापाका क्रममा कागजात र उपकरण नियन्त्रणमा लिइएको छ। भूषण हाल विदेशमा रहेको बताइएको छ। विभागका एक अधिकारीले सम्पत्ति आर्जनसम्बन्धी शंकास्पद गतिविधिमा अनुसन्धान भइरहेको बताए। भूषणमाथि दिदी आरजु र भिनाजु शेरबहादुर देउवाको प्रभावमा सार्वजनिक ठेक्कामा चलखेल गरेको र वाइडबडी तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप छ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले २४ भदौमा देउवा र आरजुको घरमा तोडफोड र आगजनी गरेका थिए। त्यसबेला घरमा जलेका नोट फेला परेका तस्बिर र भिडियो सार्वजनिक भएका थिए। विभागले यसअघि नै देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वमन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान थालेको छ। जलेका नोटको विवरण संकलन गरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
आयोगले पहिलो चरणमा पाँच जनामाथि कारबाही सिफारिस गरेको र अन्य व्यक्तिमाथि पनि क्रमशः छानबिन हुने जनाएको छ। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। प्रभावकारी अनुसन्धानका लागि विज्ञसहितको जनशक्ति व्यवस्थापन गर्न गृह मन्त्रालयसँग आग्रह गरिएको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन