
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, १३ असोज । सरकारले जेन–जी विद्रोहका घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गरेको छ। यी व्यक्तिहरूलाई अनुमतिबिना उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धानका लागि यी व्यक्तिहरूलाई आवश्यक परेमा जुनसुकै बेला उपस्थित हुनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए। उनले भने, “हामीले सरकारले दिएको कार्यादेशअनुसार काम गरिरहेका छौं। अनुसन्धानपछि उनीहरू निर्दोष पनि ठहर हुन सक्छन्।”
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा छापा मारेको छ। छापाका क्रममा कागजात र उपकरण नियन्त्रणमा लिइएको छ। भूषण हाल विदेशमा रहेको बताइएको छ। विभागका एक अधिकारीले सम्पत्ति आर्जनसम्बन्धी शंकास्पद गतिविधिमा अनुसन्धान भइरहेको बताए। भूषणमाथि दिदी आरजु र भिनाजु शेरबहादुर देउवाको प्रभावमा सार्वजनिक ठेक्कामा चलखेल गरेको र वाइडबडी तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप छ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले २४ भदौमा देउवा र आरजुको घरमा तोडफोड र आगजनी गरेका थिए। त्यसबेला घरमा जलेका नोट फेला परेका तस्बिर र भिडियो सार्वजनिक भएका थिए। विभागले यसअघि नै देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वमन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान थालेको छ। जलेका नोटको विवरण संकलन गरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
आयोगले पहिलो चरणमा पाँच जनामाथि कारबाही सिफारिस गरेको र अन्य व्यक्तिमाथि पनि क्रमशः छानबिन हुने जनाएको छ। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। प्रभावकारी अनुसन्धानका लागि विज्ञसहितको जनशक्ति व्यवस्थापन गर्न गृह मन्त्रालयसँग आग्रह गरिएको छ।