
१पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
६पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
७सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
८प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
९अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१०न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
११आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
१२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
पोखरा, ३१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी कार्कीले बिहीबार सचिव डा. विकास देवकोटासहितको टोलीसँग छलफल गरी नर्सहरूको न्यूनतम तलब र सुविधा सरकारी मापदण्डअनुसार लागू गर्न जोड दिएकी हुन्।
पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू न्यूनतम तलबको माग राख्दै आन्दोलनमा छन्। सचिव देवकोटाले मन्त्रालयको अवस्था र समस्याबारे जानकारी दिँदै असोज २४ गते सबै स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन जारी गरिएको बताए। उक्त निर्देशनमा स्वास्थ्यकर्मीको तलब र सुविधा सरकारी सरह हुनुपर्ने, अतिरिक्त समयको भत्ता, नियुक्तिपत्र, अनुभव पत्र र बैंकमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले २०८१ मंसिर २७ को निर्णय तत्काल कार्यान्वयन गर्न पनि भनेको छ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्यकर्मीको २४सै घण्टा खटिने संवेदनशील जिम्मेवारीलाई ध्यान दिँदै जीवन निर्वाह हुने गरी तलब–सुविधा दिनुपर्ने बताइन्। “नर्सलाई सरकारी सरह तलब दिइयो भने विदेश पलायन रोकिन्छ,” उनले भनिन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निजी स्वास्थ्य संस्थाले सरकारी नीति पालना गर्नुपर्ने र निर्णय कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
नर्सिङ संघको निवेदनपछि मन्त्रालयले निजी स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कास्कीको सिडिओ कार्यालयमार्फत पनि समस्या समाधानको प्रयास भइरहेको छ।
निजी मेडिकल कलेजहरूले भने सरकारले तोकेको न्यूनतम तलब (पाँचौं तहको ३५ हजार) दिन तयार नभई श्रम ऐनअनुसार १९,५०० रुपैयाँ मात्र दिने अडान राखेका छन्। नर्सहरूको आन्दोलनले मणिपाल र गण्डकी मेडिकल कलेजमा बिरामी भर्ना रोकिँदा सेवाग्राही मर्कामा परेका छन्। मन्त्रालयले आफ्नो निर्णयबाट पछि नहट्ने र छलफलका लागि निजी संस्थालाई आह्वान गरेको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक