
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्।
डन न्यूज पब्लिकेशन प्रा.लि. आज पाँचौं वर्षमा प्रवेश गरेको छ। बडा दशैंको शुभ अवसरमा, घटस्थापनाको दिनबाट हामीले www.donnews.com मार्फत् निर्भीक पत्रकारिताको यात्रा पुनः प्रारम्भ गरेका थियौं। समाजमा व्याप्त रावण र महिषासुरजस्ता दैत्य र कुप्रवृत्तिहरूको अन्त्यका लागि हाम्रो कलमरूपी शस्त्र बोकेर कुशासन, भ्रष्टाचार, विकृति, विसंगति, अनियमितता, अन्याय, अत्याचार, दमन र शोषणविरुद्ध निरन्तर लडिरहेका छौं। प्राचीन कालमा यो दिन विजयको प्रार्थना गरी रण–यात्रा सुरु गरिन्थ्यो, र हामीले पनि डन न्यूजमार्फत त्यही भावनालाई आत्मसात् गरेका छौं।
डन न्यूजले सधैं शक्ति, पहुँच र केन्द्रमा रहेका गलत पात्रहरूमाथि प्रहार गर्छ। ठगीमा संलग्न पत्रकार र मिडियालाई पनि हामीले कहिल्यै छुट दिएका छैनौं। हामी सर्वसाधारण जनताको पक्षमा सधैं अडिग रहनेछौं। जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो।
२०६८ साल फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा ‘डन न्यूज डेली’ सञ्चालनमा आएको थियो। प्राविधिक कारणवश हामीले डन न्यूज डेलीलाई छापा माध्यमको रूपमा निरन्तरता दिन नसके पनि, डिजिटल पत्रिकाको रूपमा डन न्यूजलाई पुनः तपाईंहरू माझ ल्याएका छौं। त्यसले कलमरूपी शस्त्रलाई निर्भीकतापूर्वक चलाएर समाजमा सकारात्मक प्रभाव पार्यो। त्यही यात्रालाई निरन्तरता दिँदै हामीले डन न्यूज डटकमका रूपमा घटस्थापनाको दिनबाट डिजिटल पत्रकारितालाई अघि बढाएका छौं। समाजमा वेथिति, भ्रष्टाचार र अनियमितता व्याप्त छन्। डन न्यूज एक्लैले सबै समस्याको समाधान गर्न नसके पनि, ईमान्दारिता र प्रतिबद्धताका साथ आफ्नो सामर्थ्यले भ्याएसम्म योगदान गर्ने दृढ संकल्प लिएका छौं।
हाम्रो समाजमा भ्रष्ट, दलाल, माफिया, गुण्डा, अपराधी, पतित र व्यभिचारीहरू विभिन्न आवरणमा लुकेर बसेका छन्। कुशासन, भ्रष्टाचार र अनियमिततामाथि हामीले निर्मम प्रहार गर्दै आएका छौं। पत्रकारिताको आचारसंहिता र प्रचलित कानुनको परिधिभित्र रहेर यस्ता खराब पात्र र प्रवृत्तिहरूको हरेक धन्दामाथि निगरानी र चिरफार गरिरहेका छौं। हामी पाठकहरूको सूचना र जानकारीको गोपनीयताको पूर्ण रक्षा गर्छौं। तपाईंहरूले खुलेर विश्वासका साथ हामीलाई सूचना प्रदान गर्न सक्नुहुनेछ।
मिडिया हाउसको सञ्चालक, लगानीकर्ता र उद्देश्यलाई पाठकहरूले बुझ्न जरुरी छ। कुन मिडियाले कस्तो पत्रकारिता गरिरहेको छ? लक्षित वर्ग को हो? यी सबै बुझेमा पत्रकारिताको आवरणमा लुटको धन्दा चलाउनेहरूको खेतीपाती बन्द हुनेछ।
हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्। हामी सर्वसाधारण जनताको पक्षमा सधैं अडिग रहनेछौं। जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो। दबाब, प्रभाव र प्रलोभनमा हामी कहिल्यै फस्ने छैनौं। यो हाम्रो अटल प्रतिबद्धता हो।
चुनौती र कठिनाइसँग पौठेजोरी खेल्न रुचाउने डन न्यूजले आगामी दिनमा अझ सशक्त, दमदार र शानदार रूपमा आफ्नो यात्रालाई अघि बढाउने छ। हामी पत्रकारिताको आवरणमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि खरो रूपमा उभिएका छौं। सामान्य कार्यालय सहयोगी, कर्मचारी वा नागरिकमाथि हामी कहिल्यै खनिने छैनौं। भ्यूजको नाममा आतंक मच्चाउने, आत्महत्याको अवस्थामा पुर्याउने वा सामान्य परिवारलाई सडकमा ल्याउने खालका हमलाहरूविरुद्ध हामी लडिरहनेछौं।
चुनौती र कठिनाइसँग पौठेजोरी खेल्न रुचाउने डन न्यूजले आगामी दिनमा अझ सशक्त, दमदार र शानदार रूपमा आफ्नो यात्रालाई अघि बढाउने छ।
आम पाठकहरूले बुझ्नुपर्छ—मिडिया हाउस र पत्रकारको सम्बन्ध र उद्देश्य के हो? शक्ति, पहुँच र उच्च तहमा रहेकाहरूलाई प्रश्न नसोध्ने, उनीहरूको गलत धन्दालाई ढाकछोप गर्ने पत्रकार र मिडियाविरुद्ध हामीले खबरदारी गरिरहेका छौं। मिडिया हाउसको सञ्चालक, लगानीकर्ता र उद्देश्यलाई पाठकहरूले बुझ्न जरुरी छ। कुन मिडियाले कस्तो पत्रकारिता गरिरहेको छ? लक्षित वर्ग को हो? यी सबै बुझेमा पत्रकारिताको आवरणमा लुटको धन्दा चलाउनेहरूको खेतीपाती बन्द हुनेछ।
समाजमा सामान्य कार्यालय सहयोगी, प्रहरी जवान वा गृहिणी डरलाग्दा पात्र होइनन्। सकिन्छ भने प्रहरी प्रमुख, कार्यालय प्रमुख, राजनीतिक नेता, मन्त्री, गुण्डा नाइके, विचौलिया र दलालमाथि समाचार लेख्नुपर्छ। सार्वजनिक सुनुवाइ वा विज्ञापनको नाममा लाखौं असुल्ने, तर सामान्य नागरिकमाथि खेदो खन्ने प्रवृत्तिको हामी कडा विरोधी हौं। डन न्यूजले सधैं शक्ति, पहुँच र केन्द्रमा रहेका पात्रहरूमाथि प्रहार गर्छ। ठगीमा संलग्न पत्रकार र मिडियालाई पनि हामीले कहिल्यै छुट दिएका छैनौं। हामी अनुरोध गर्छौं—रहस्यमय ढंगले बस्ने, करोडौं सम्पत्ति आर्जन गर्ने र सामान्य पात्रमाथि आतंक मच्चाउने पत्रकार र मिडियालाई जनताले चिन्नुपर्छ।
समाजमा सामान्य कार्यालय सहयोगी, प्रहरी जवान वा गृहिणी डरलाग्दा पात्र होइनन्। सकिन्छ भने प्रहरी प्रमुख, कार्यालय प्रमुख, राजनीतिक नेता, मन्त्री, गुण्डा नाइके, विचौलिया र दलालमाथि समाचार लेख्नुपर्छ। सार्वजनिक सुनुवाइ वा विज्ञापनको नाममा लाखौं असुल्ने, तर सामान्य नागरिकमाथि खेदो खन्ने प्रवृत्तिको हामी कडा विरोधी हौं।
हामी सम्पूर्ण पाठकहरूलाई आह्वान गर्छौं—समस्याको जडमा प्रहार नगरी हामी रमिते पत्रकारिता वा शक्तिहीनमाथि आतंक मच्चाउँदैनौं। डन न्यूज पब्लिकेशन सबैको साझा चौतारी हो। समाज र राष्ट्रलाई खबरदारी गर्न हामीले सामर्थ्य र पहुँचले भ्याएसम्म सकारात्मक ढंगले काम गरिरहेका छौं। आगामी दिनमा यो यात्रालाई अझ परिष्कृत र परिमार्जित रूपमा अघि बढाउने प्रण गर्छौं।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी