
१जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्।
डन न्यूज पब्लिकेशन प्रा.लि. आज पाँचौं वर्षमा प्रवेश गरेको छ। बडा दशैंको शुभ अवसरमा, घटस्थापनाको दिनबाट हामीले www.donnews.com मार्फत् निर्भीक पत्रकारिताको यात्रा पुनः प्रारम्भ गरेका थियौं। समाजमा व्याप्त रावण र महिषासुरजस्ता दैत्य र कुप्रवृत्तिहरूको अन्त्यका लागि हाम्रो कलमरूपी शस्त्र बोकेर कुशासन, भ्रष्टाचार, विकृति, विसंगति, अनियमितता, अन्याय, अत्याचार, दमन र शोषणविरुद्ध निरन्तर लडिरहेका छौं। प्राचीन कालमा यो दिन विजयको प्रार्थना गरी रण–यात्रा सुरु गरिन्थ्यो, र हामीले पनि डन न्यूजमार्फत त्यही भावनालाई आत्मसात् गरेका छौं।
डन न्यूजले सधैं शक्ति, पहुँच र केन्द्रमा रहेका गलत पात्रहरूमाथि प्रहार गर्छ। ठगीमा संलग्न पत्रकार र मिडियालाई पनि हामीले कहिल्यै छुट दिएका छैनौं। हामी सर्वसाधारण जनताको पक्षमा सधैं अडिग रहनेछौं। जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो।
२०६८ साल फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा ‘डन न्यूज डेली’ सञ्चालनमा आएको थियो। प्राविधिक कारणवश हामीले डन न्यूज डेलीलाई छापा माध्यमको रूपमा निरन्तरता दिन नसके पनि, डिजिटल पत्रिकाको रूपमा डन न्यूजलाई पुनः तपाईंहरू माझ ल्याएका छौं। त्यसले कलमरूपी शस्त्रलाई निर्भीकतापूर्वक चलाएर समाजमा सकारात्मक प्रभाव पार्यो। त्यही यात्रालाई निरन्तरता दिँदै हामीले डन न्यूज डटकमका रूपमा घटस्थापनाको दिनबाट डिजिटल पत्रकारितालाई अघि बढाएका छौं। समाजमा वेथिति, भ्रष्टाचार र अनियमितता व्याप्त छन्। डन न्यूज एक्लैले सबै समस्याको समाधान गर्न नसके पनि, ईमान्दारिता र प्रतिबद्धताका साथ आफ्नो सामर्थ्यले भ्याएसम्म योगदान गर्ने दृढ संकल्प लिएका छौं।
हाम्रो समाजमा भ्रष्ट, दलाल, माफिया, गुण्डा, अपराधी, पतित र व्यभिचारीहरू विभिन्न आवरणमा लुकेर बसेका छन्। कुशासन, भ्रष्टाचार र अनियमिततामाथि हामीले निर्मम प्रहार गर्दै आएका छौं। पत्रकारिताको आचारसंहिता र प्रचलित कानुनको परिधिभित्र रहेर यस्ता खराब पात्र र प्रवृत्तिहरूको हरेक धन्दामाथि निगरानी र चिरफार गरिरहेका छौं। हामी पाठकहरूको सूचना र जानकारीको गोपनीयताको पूर्ण रक्षा गर्छौं। तपाईंहरूले खुलेर विश्वासका साथ हामीलाई सूचना प्रदान गर्न सक्नुहुनेछ।
मिडिया हाउसको सञ्चालक, लगानीकर्ता र उद्देश्यलाई पाठकहरूले बुझ्न जरुरी छ। कुन मिडियाले कस्तो पत्रकारिता गरिरहेको छ? लक्षित वर्ग को हो? यी सबै बुझेमा पत्रकारिताको आवरणमा लुटको धन्दा चलाउनेहरूको खेतीपाती बन्द हुनेछ।
हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्। हामी सर्वसाधारण जनताको पक्षमा सधैं अडिग रहनेछौं। जनपक्षीय पत्रकारिता नै हाम्रो मूल धर्म र मर्म हो। दबाब, प्रभाव र प्रलोभनमा हामी कहिल्यै फस्ने छैनौं। यो हाम्रो अटल प्रतिबद्धता हो।
चुनौती र कठिनाइसँग पौठेजोरी खेल्न रुचाउने डन न्यूजले आगामी दिनमा अझ सशक्त, दमदार र शानदार रूपमा आफ्नो यात्रालाई अघि बढाउने छ। हामी पत्रकारिताको आवरणमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि खरो रूपमा उभिएका छौं। सामान्य कार्यालय सहयोगी, कर्मचारी वा नागरिकमाथि हामी कहिल्यै खनिने छैनौं। भ्यूजको नाममा आतंक मच्चाउने, आत्महत्याको अवस्थामा पुर्याउने वा सामान्य परिवारलाई सडकमा ल्याउने खालका हमलाहरूविरुद्ध हामी लडिरहनेछौं।
चुनौती र कठिनाइसँग पौठेजोरी खेल्न रुचाउने डन न्यूजले आगामी दिनमा अझ सशक्त, दमदार र शानदार रूपमा आफ्नो यात्रालाई अघि बढाउने छ।
आम पाठकहरूले बुझ्नुपर्छ—मिडिया हाउस र पत्रकारको सम्बन्ध र उद्देश्य के हो? शक्ति, पहुँच र उच्च तहमा रहेकाहरूलाई प्रश्न नसोध्ने, उनीहरूको गलत धन्दालाई ढाकछोप गर्ने पत्रकार र मिडियाविरुद्ध हामीले खबरदारी गरिरहेका छौं। मिडिया हाउसको सञ्चालक, लगानीकर्ता र उद्देश्यलाई पाठकहरूले बुझ्न जरुरी छ। कुन मिडियाले कस्तो पत्रकारिता गरिरहेको छ? लक्षित वर्ग को हो? यी सबै बुझेमा पत्रकारिताको आवरणमा लुटको धन्दा चलाउनेहरूको खेतीपाती बन्द हुनेछ।
समाजमा सामान्य कार्यालय सहयोगी, प्रहरी जवान वा गृहिणी डरलाग्दा पात्र होइनन्। सकिन्छ भने प्रहरी प्रमुख, कार्यालय प्रमुख, राजनीतिक नेता, मन्त्री, गुण्डा नाइके, विचौलिया र दलालमाथि समाचार लेख्नुपर्छ। सार्वजनिक सुनुवाइ वा विज्ञापनको नाममा लाखौं असुल्ने, तर सामान्य नागरिकमाथि खेदो खन्ने प्रवृत्तिको हामी कडा विरोधी हौं। डन न्यूजले सधैं शक्ति, पहुँच र केन्द्रमा रहेका पात्रहरूमाथि प्रहार गर्छ। ठगीमा संलग्न पत्रकार र मिडियालाई पनि हामीले कहिल्यै छुट दिएका छैनौं। हामी अनुरोध गर्छौं—रहस्यमय ढंगले बस्ने, करोडौं सम्पत्ति आर्जन गर्ने र सामान्य पात्रमाथि आतंक मच्चाउने पत्रकार र मिडियालाई जनताले चिन्नुपर्छ।
समाजमा सामान्य कार्यालय सहयोगी, प्रहरी जवान वा गृहिणी डरलाग्दा पात्र होइनन्। सकिन्छ भने प्रहरी प्रमुख, कार्यालय प्रमुख, राजनीतिक नेता, मन्त्री, गुण्डा नाइके, विचौलिया र दलालमाथि समाचार लेख्नुपर्छ। सार्वजनिक सुनुवाइ वा विज्ञापनको नाममा लाखौं असुल्ने, तर सामान्य नागरिकमाथि खेदो खन्ने प्रवृत्तिको हामी कडा विरोधी हौं।
हामी सम्पूर्ण पाठकहरूलाई आह्वान गर्छौं—समस्याको जडमा प्रहार नगरी हामी रमिते पत्रकारिता वा शक्तिहीनमाथि आतंक मच्चाउँदैनौं। डन न्यूज पब्लिकेशन सबैको साझा चौतारी हो। समाज र राष्ट्रलाई खबरदारी गर्न हामीले सामर्थ्य र पहुँचले भ्याएसम्म सकारात्मक ढंगले काम गरिरहेका छौं। आगामी दिनमा यो यात्रालाई अझ परिष्कृत र परिमार्जित रूपमा अघि बढाउने प्रण गर्छौं।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन