
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।
काठमाडौँ, ५ असोज । गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि देशमा आएको परिवर्तनले पुराना दलका नेता तथा कार्यकर्ता मौनजस्तै छन् । शीर्ष तहका नेताले पनि सामाजिक सञ्जालमार्फत सीमित सन्देश सार्वजनिक गरिरहेका छन् । तर, एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत भने आक्रामक देखिन थालेका छन् ।
पछिल्लो समय उनी पत्रकारहरूलाई समेत धम्की दिन थालेका छन् । अपहरण, गुन्डागर्दी र बलात्कारको आरोप पटक–पटक लाग्दैं आईरहेका अपराधिक पृष्ठभूमिका विवादित पात्र बस्नेतले पछिल्लो समय दिएको धम्कीले जेन-जी (नयाँ पुस्ता) आन्दोलनकारी मात्र नभई सिङ्गो समाज नैं आक्रोशित बन्न पुगेको छ ।
शुक्रबार बस्नेतले ‘नेप्लिज टाइम्स’का कार्यकारी सम्पादक टेकमान शाक्यलाई धम्की दिए । यसअघि उनले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका थिए । बस्नेतले समाचार लेखेको भन्दै आफूलाई धम्की दिएको अडियो क्लिप पत्रकार शाक्यले सार्वजनिक गरेका छन् ।
शाक्यसँगको टेलिफोन संवादमा बस्नेतले भनेका छन्, ‘तिमीले मेरो विषयमा जे बोलेका छौ । त्यो पुष्टि भएन भने के गर्छौ ?’ बस्नेतले पत्रकार शाक्यकै नेतृत्वमा सिंहदरबार र सर्वोच्च जलाइएको आरोपसमेत लगाएका छन् ।
जेन जी आन्दोलनका क्रममा आफ्नो घर तोडफोड र आगजनी भएको भन्दै महेश बस्नेतले अराजक स्टाटस लेख्ने र भड्काउ अभिव्यक्ति दिँदै आएका छन् ।
पत्रकार शाक्यले धम्कीपूर्ण अडियो क्लिप सार्वजनिक गरेपछि पनि नेता बस्नेतले म्यासेज गर्दै धम्की दिएका हुन् । शाक्यलाई धम्की दिँदै उनले लेखेका छन्, ‘धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु, सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नपरोस्’ । पत्रकार शाक्यले अर्का एक अपरिचित व्यक्तिले पनि धम्की दिएको बताएका छन् । ‘उनले फोन गर्नुअगाडि ‘म महेश बस्नेतको मान्छे हुँ’ भन्दै एक अपरिचित व्यक्तिले पनि ज्यान मार्ने धम्की दिएको छ,’ शाक्यले भने । ती व्यक्तिले आफू महेश बस्नेतको शुभचिन्तक भन्दै बस्नेतका विषयमा धेरै नलेख्न धम्की दिएको शाक्यको भनाइ छ । यो कल रेकर्ड पनि पत्रकार शाक्यले सामाजिक सञ्जालमा राखेका छन् ।
पत्रकार महासंघको आपत्ति
बस्नेतले पत्रकार शाक्यलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई कारबाहीको माग गरेको हो ।
समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न पनि सम्बद्ध निकायसँग माग गरेको छ ।
नेवास् पत्रकार राष्ट्रिय दबूले पनि पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न र शाक्यको सुरक्षाका लागि सरकारसँग माग गरेको छ । दबूका महासचिव केके मानन्धरद्वारा जारी विज्ञप्तिमा पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्नसमेत आग्रह गरेका छन् ।
जेन जी आन्दोलनका क्रममा आफ्नो घर तोडफोड र आगजनी भएको भन्दै बस्नेतले अराजक स्टाटस लेख्ने र भड्काउ अभिव्यक्ति दिँदै आएका छन् । उनले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।

महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।
२९ गते सुनौलो नेपाल नामको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा बस्नेतले भनेका छन्, ‘जेन जीलाई उचाल्ने टंक दाहाल, राजीव खत्री को को हो अरू ? ल त्यो राजीव खत्री भन्ने फटाहले मेरोबारेमा यौनकाण्डदेखि लिएर अनेक भन्छ । त्यो पनि पुष्टि गर, च्यालेन्ज तँलाई । खुकुरी राखेर पुष्टि गर‘ पुष्टि भयो भने म काटिन तयार, पुष्टि भएन भने तँलाई काट्छु म । च्यालेन्ज तँलाई ।’
त्यसपछि पनि उनले यस्तै खालका अभिव्यक्ति दिँदै आएका छन् । भदौ ३० गते दिउँसो ११ बजेर ४६ मिनेटमा सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले जेन जी लाई ‘आतंककारी’ भनेका छन् ।
उनले सो भिडियोमा भनेका छन्, ‘जेन जी भनेको आतंककारी हो । जसरी हिजो वाईसीएल आतंककारी थियो । हिजो माओवादी आतंककारी । लुटेर बैंक लुट्ने ठग्ने । १० वर्षमा माओवादीले गरेको भन्दा यिनीहरुले २ दिनमा बर्बाद बनाए । जेन जीलाई आतंककारी नभनौं भन्छन् अब साथीहरु । जेन जी भनेकै आतंककारी हो ल । १० चोटि, २० चोटि, ५० चोटि भन्छु । जसले सिंहदरबार जलाए, ती आतंककारी हुन् ।’
बस्नेतको विवादास्पद विगत : शोभा पाठकको बलात्कार आरोप
एमाले नेता महेश बस्नेत आफ्नै पार्टीका कार्यकर्तामाथि बलात्कारको आरोप खेपिरहेका पात्र हुन् । धादिङकी शोभा पाठकले बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । पाठकका अनुसार, बस्नेतले आफूलाई बलात्कार गरेको र यसलाई सार्वजनिक गर्दा उल्टै साइबर अपराधको मुद्दा लगाएर कारबाही गराइएको छ । यस आरोपलाई पाठकले सामाजिक सञ्जालमा उठाएपछि उनलाई प्रहरीले साइबर ब्युरोबाट पक्राउ गरेको थियो ।

एमालेका विवादित र अपराधिक पृष्ठभूमि भएका नेता महेश बस्नेतलाई बलात्कारको मुद्दा दायर गरेकी एक साहसी महिला शोभा पाठक ।
पाठकले बस्नेतविरुद्ध जिल्ला अदालत र उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्, तर उच्च अदालतले दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरेको छ । बस्नेतले भने यो आरोपलाई झुटो र राजनीतिक षड्यन्त्र भन्दै अस्विकार गर्ने गर्दछन् । तर उनीहरु बिचको सम्बन्धका अन्तर्रङ्ग तस्विरहरु भने सामाजिक सञ्जालमा छताछुल्ल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदा यो मुद्दा दर्ता हुन सकेन भन्ने आरोप लागेको छ, र अबको सरकारले यसलाई पुनः हेर्न सक्ने आशा गरिएको छ । यो घटनाले बस्नेतको चरित्रमाथि प्रश्न उठाएको छ, जसले उनको हालका भड्काउ अभिव्यक्तिलाई थप विवादास्पद बनाएको छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार