
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, ९ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको बैठकले जेनजी आन्दोलन र देशमा उत्पन्न राष्ट्रिय संकटका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)का अनुसार बैठकले देशको पछिल्लो परिस्थितिलाई गम्भीर रूपमा लिएको छ।
बैठकले २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे प्रदेश समितिले जारी गरेको विज्ञप्तिलाई अनुमोदन गरेको छ। आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिबारे न्यायिक छानबिन गर्न माग गरिएको छ। साथै, आन्दोलनका जायज मागहरूलाई समर्थन गर्दै राजनीतिक दलहरूबीच छलफल र समन्वय गर्ने निर्णय भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूमाथि भएको सांघातिक आक्रमणको कडा निन्दा गरिएको छ र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विषम परिस्थितिमा कार्यकर्ता र नागरिकलाई संयमित रही कर्तव्यमा निरन्तरता दिन अनुरोध गरिएको छ।
बैठकमा जेनजी आन्दोलनले सिर्जना गरेको राष्ट्रिय संकट, अन्तरिम सरकार, संसद् विघटन, निर्वाचन, र संविधान संशोधनजस्ता विषयमा गहन छलफल भएको छ। नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका मुद्दामा शीघ्र निर्णय लिन पार्टीका उपयुक्त निकायमार्फत निकास खोज्ने प्रतिबद्धता जनाएको छ। प्रवक्ता बास्तोलाले अर्को बैठकबाट थप निर्णय लिइने बताए।